•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा फागुन २४/नोबेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत एक छात्रको सनिवार धनकुटाको मुलघाट स्थित् तमोर नदीमा फोटो खिच्ने क्रममा चिप्लेर नदीमा लडेपछि वेपत्ता भएका छन् ।
एमविविएस तेश्रो वर्षमा अध्ययनरत भारतको विहार राज्यको पुर्णिया ग्रामपञ्चायत घर भएका वर्ष २५ का भेनित शर्मा नदी किरानारमा फोटो खिच्ने क्रममा लडेर नदीमा परेपछि वेपत्ता भएका हुन् । घट्ना अपरान्ह १ वजे भएको मुलघाट प्रहरी चौकीले जनाएको छ । उनीसंगै अध्ययनरत तिन जना साथीहरुसंग सनिवार विदाको दिन घुम्न धनकुटाको मुलघाट आएका थिए । नोवेल मेडिकल कलेजका प्रशासन शाखाका प्रशासकिय अधिकृत दिपेश राईले नदीमा परी वेपत्ता भएको विद्यार्थि आफ्नो कलेजको भएको जानकारी दिएका छन् । उनले एमविविएस तेश्रो वर्षको परिक्षा भरखरै सकिएकाले विद्यार्थिहरु घुम्न जाने क्रममा घट्ना भएको वताए ।
घट्ना लगत्तै भारी वर्षा भएकाले शर्माको खोजी कार्य केही समय अवरोध भए पनि खोजी कार्य जारी रहेको मुलघाट प्रहरीले जनाएको छ । नदीमा वेपत्ता शर्माको खोजी कार्यको लागी शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here