•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं  । डिभिजन वन कार्यालय दोलखाका प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियारले भक्तपुरको गठ्ठाघरबाट नगदसहित नियन्त्रणमा लिएको छ ।
दोलखाबाट काठमाडौं आइरहेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले २ लाख ३ हजार नगदसहितनियन्त्रणमा लिएको हो । उनी सवार गाडीमा कार्यालय सहयोगी र उनका परिवार सवार रहेको अख्तियार स्रोतले बताएको छ ।
यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारीलाई १३ लाख ३८ हजार भन्दा बढी घुस लिएको आरोपमा पक्राउ गरेको थियो । उनी गत साउन ३ गते दोलखाबाट काठमाडौं जाने क्रममा बाटोबाटै पक्राउ परेका थिए
दोलखा जिल्लामा अख्तियारकै प्रतिनिधिका रुपमा रहेका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल पनि घुस लिउको आरोपमा भ्रष्चारमा अख्तियारमा मुद्धा खेपिरहेकाछन । उनको नाम लाई अख्तियारमा मुद्धा पाँचवटा परेपछि निलम्बनमा परेकाछन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here