•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली । सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । बुधबार ज्वरो अत्यधिक आएपछि अस्पतालमा ल्याईएका कमलामाइ नगरपालिका वडा नं. ७ का ८१ वर्षिय वृद्धलाई अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि भर्ना गरिएको हो ।

उनी बुधबार नै अस्पताल भर्ना हुन आएका थिए । कोरोना भाइरस हुन सक्ने आशंका गरिएकाले उनलाई छुट्टै उपचार सुरु गरिएको सिन्धुली अस्पतालका डा. अभिशेष भण्डारीले बताए ।

यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्रांगणमा टेन्टको व्यवस्था गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने एप्रोन (पिपिए) नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ । तत्कालै एप्रोनको व्यवस्था गरि सेवा सुरु गर्ने पोखरेलले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here