•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा चैत १९
नेपाल कम्यूनिष्ट पार्टी नेकपा जिल्ला कमिटी धनकुटा ले विस्वव्यापी माहामारीको रुपमा फैलदै गैरहेको कोरोना भाइरस कोभिट १९ को संक्रमण बाट बच्नका लागि नेपाल सरकारले आह्वान गरेको लकडाउन को समयमा जिल्लाको सम्पूर्ण जनप्रतिनिधिहरु र पाटि कार्यकर्ताहरुमा सचेतनाका साथ परिस्थिको सामना गर्न निर्देशन जारी गरिएको छ ।


सम्पूर्ण स्थानिय तहहरुले आफ्नो पालिका भित्रका दैनिक ज्यालादारी र अति विपन्न व्यक्ति,परिवारहरुको पहिचानगरी राहत प्याकेज उपलब्ध गराउन योजना बनाई कार्यन्वयन गर्न र लकडाउन का कारणा दैनिक ज्यालादारी मजदुर र अति विपन्न वर्गका निम्ति राहत वितरण स्थानीए तहहरु मार्फत एकद्धरा प्रणालि लागु गरि राहत उपलब्ध गर्न चाहाने व्यक्ति वा संस्थाहरुलाई स्थानिय तहहरुले समन्वय गरी योजनामा ल्याउनु पर्ने नेकपा जिल्ला कमिटी धनकुटा का अध्यक्ष राजेन्द्र राईको हस्ताक्षेरित जारी गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।

त्यस्तै सम्पूर्ण पार्टी नेता कार्यकर्ताहरुले आफ्नो वरपर र सूचनामा रहेका वास्तविक दैनिक ज्यालादारी मजदुरहरु र अति विपन्न व्यक्ति तथा परिवारको लागत संकलन गर्न स्थानिय तहहरुसंग संयोजन गर्न सहयोग गर्ने ,

सम्पूर्ण पार्टी नेताकार्यकर्ताहरुले विदेशबाट आउनेहरुको पहिचान गरि उक्त व्यक्तिको बारेमा स्थानीय तह लगाएत सम्बन्धित निकायहरुमा संयोजन गर्नुका साथै सम्मानजनक ढंगले विधि प्रक्रिया अनुसार क्वारेन्टाइनमा राख्न सहयोग गर्ने ,

पाटि नेता तथा कार्यकर्ताहरुले आफ्नो योग्यता क्षमता र हैसियत अनुसार स्थानियतहहरु मार्फत वितरण हुने राहत प्याकेजमा अनिवार्य सहयोग गर्ने ,

स्थानीय तहहरुले नेपाल सरकार गृहमन्त्रालयद्धरा गत चैत १६ गते जारी विज्ञप्ती मार्फत प्राप्त निर्देशनहरुको बुदाँ नं ७ अनुसार राहत को सम्पूर्ण व्यवस्था गर्ने र सम्पूर्ण पार्टी नेता कार्यकर्ताहरुले कोरोना भाइरस कोभिड १९ को बारेमा  संक्रमित आशंकका गरिएका व्यक्तिहरुको बारेमा र यससंग सम्बन्धित सुचनाहरु सत्य तथ्य बुझेर मात्र समाजीक संजाल लगाएत अन्य संचार माध्यमहरुमा सम्प्रेषन गर्न जारी निर्देशनमा उल्लेख  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here