• 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

 

 

धनकुटा चैत 21

धनकुटाको पाख्रीबास नगरपालीकाले दैनिक  ज्याला मजदुरी गरि जीवन गुजारा चलाइरहेका श्रमीक,मजदुर ,असाह्य अपाङगता भएका व्यक्तिहरुलाई लक्षित गरि ३० लाख बराबरको विपत व्यवस्थापन राहत कोष स्थापना गरेको छ । विस्वमा  माहामारीकोे रुपमा कोरोना भाइरस कोभिट १९  फैलदै गइरहेको अवस्थामा सरकार ले आह्वान गरेको लकडाउनका कारण दैनिक  ज्याला मजदुरी गरि जीवन गुजारा चलाइरहेका श्रमीक,मजदुर ,असाह्य अपाङगता भएका व्यक्तिहरु लाई  जिवन यापनमा असहज भएको परिस्थितिलाई मध्यनजर गरि आज बसको कार्यपालिकाको बैठक ले ३० लाख बराबरको विपत व्यवस्थापन राहत कोष स्थापना गरेको  नगर प्रमुख विर्ष बहादुर राइले बताउनु भयो । कोषमा जनप्रतिनिधिहरुले चैत महिनाको सम्पूर्ण सेवा सुबिधा वापतको रकम कोषमा जम्मा गर्ने भएका छन् ।

नगर प्रमुख, उप–प्रमुख, सम्पूर्ण वडाका अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले प्राप्त गर्ने रकम विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख विर्ष बहादुर राइले  जानकारी दिनु भएको छ । साथै कोषमा कर्मचारी  अधिकृत लेभलका लागि ५  दिनको  र अधिकृत भन्दा तल्लो तहका कर्मचारी शिक्षकहरुको ३ दिन वरावरको तलव जम्मा हुने गरी संघिय सरकारको निर्णय अनुसार नै निर्णय गरिएको नगरपालिकाको रोजगार संयोजक नारायण वस्नेतले जानकारी दिनु भयो ।

यो कोषको रकमवाट लकडाउनको अवस्थामा काम गर्न जान नपाई दैनिकी गुजारामा समस्या वेहोरिरहेका मजदुर,विपन्न तथा गरिव परिवारले प्रतिपरिवार नगद २ हजार वरावरको सामाग्री पर्ने गरी ३० केजी चामल,२ केजी दाल,१ केजी नुन र १ थान सावुन लगायतका सामाग्री पाउने संयोजक वस्नेतले वताउनुभयो । राहत सामाग्री खरिद गर्ने कार्य तत्काल शूरु गरी वितरणको कार्य समेत चाडै गरिने उहाँले वताउनुभयो ।

 

  • 24
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here