•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा खाद्यान्न वितरण गरेको छ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या भएको दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ ,७ र ८ नम्बरमा  रहेका करिब १६० जना दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरेको हो ।

 

संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महतले संयुक्त रुपमा राहत सामग्री हस्तान्तरण गरेका थिए।  राहतमा दाल चामल, नुन, तेल, सोयाविन मस्यौरा साबुन र मास्क वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here