•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बहिर्गमित जनमुक्ती सेना नेपाल
प्रबक्ता तथा उपाध्यक्ष: राजन थापा

अहिले बिश्वभरी नोभेल कोरोना भाईरस कोभिड -१९ को संक्रमण बाट आतंकित भईरहदा यस रोक लाई रोकथाम गर्दै नष्ट गर्नको निमिक्त विश्व यतिखेर देखा परेका भाईरस समाप्त गर्न नागरिक हरुलाइ सुरक्षित राखि आफ्ना देशका सम्पुर्ण मजदुर बर्गहरुलाइ राहात को ब्यबस्थापन गरि अन्या देशमा रहेका नागरिकलाइ उद्वार गरि, नयाँ रणनितिका साथ नयाँ उपकरण हरुको खोजी गर्दै अदृश्य शक्ति कोरोना भाइरस को बिरुद्ध लड्दै अगाडि बढिरहदा,आज हाम्रो देश नेपाल सरकार का मन्त्रीहरु गैर जिम्मेवार बन्दै आम नागरिक हरुप्रती निभाउनु पर्ने कर्तब्य लाई बेवास्था गर्दै कमिशन को खेल तिर लागि परेका छन्।

के यहि हो त राज्यले नागरिकहरु प्रती गर्ने व्यबहार? अहिले नेपाल- भारत नाका दार्चुला कालिगण्डकी पारी धार्चुला मा हजारौ भारतमा मजदुर गरेर बस्ने नेपालि हरु घर फर्कने क्रममा नाकामा अलपत्र परिरहेका छन् के उहाँ हरुलाई उद्वार गरि नेपालमा ल्याइ सुरक्षित स्थान मा राखी ब्यबस्थापन गर्नु पर्ने राज्य को दायित्व होइन र?

राज्य किन आफ्नो देशको नागरिकहरु प्रती गैरजिम्मेवार बन्दै गइरहेको छ? यदि मात्रै होइन अहिले नेपालमा भएका सम्पुर्ण निमुखा श्रमजिबी मजदुर दिनभरी काम गरि बेलुका छाक टार्ने मजदुर हरुलाइ समेत राहात बितरण गरि उहाँहरुलाइ ब्यबस्थापन गर्नु किन सकिरहेको छैन? राहात उपलब्ध गराउने भनेर घोषणा गरे पनि व्यवहार मा किन लागू गर्नु सकिरहेको छैन? यो आम नेपाली नागरिक हरुको प्रश्न हो।

यदि सरकारले यस्तै हर्कत देखाइ रहने हो भने जनताहरु कोरोना भाईरस को रोग ले भन्दा पनि भोकमारिको रोग ले मिर्त्यु हुने धेरै खतरा देखिन्छ
यस्तो सम्बेदनसिल बिषयमा राज्यको ध्यान केन्द्रीत किन हुन सकिरहेको छैन?

अर्को बिडम्बनाको बिषय यो महामारिको मौकालाइ छोपी चिनबाट स्वस्थ्य उपकरणहरु खरिद गर्ने नाउमा जनताको आँखा छली त्यही जनताले थोपा- थोपा रगत र पसिना बगाइ कामाएर तिरेको कर प्रती दिद्दे नजर लगाई अरवबौ घोटला गर्नु कहाँ सम्मको अपराध गर्नु भएको छ स्वस्थ्य मन्त्री ज्यु? तपाइहरु त्यही जनताले तिरेको करबाट गाडी चढ्नु भएको छ, त्यही कर बाट तलब भत्ता खाएर बस्नु भएको छ, त्यही करबाट आफ्ना नातेदार हरुलाइ पोस्नु भएको छ तपाईं हरुलाइ आम नेपाली जनताले यदि धेरै शुबिधा दिदा पनि पुगेन?

जुकाले रगत चुसेको झै जनताले पसिना बगाएर तिरेको करमाथी मनलाग्दी ढंगले चुस्न पाइन्छ? गिद्वले सिनो ठुङे झै सामान खरिदको नाममा अरबऔं पैसा ठुङ्ने अधिकार कस्ले दियो “स्वस्थ्य मन्त्री” ज्यु? यी तपाइहरुको नालायक पन आम नेपाली जनताले थाहा पाईसके पछि, पानी माथिको ओभानो बन्न खोज्नु भयो तपाइहरु को नाटक आम नागरिक हरुले बुझिसकेका छन् पानीमाथी को ओभानो बन्नु पर्दैन,

अझै नेपाली जनतालाइ भ्रममा पार्नुको निमिक्त चिनबाट मेडिकल सामान खरिद गर्न दिएको ओम्नि ग्रुप लाई टेन्डर रद्द गरियो भनेर भ्रम फैलाउनु भयो, त्यो त तपाईं हरुको सेटिङ्ग मा ओम्नि ग्रुप लाई टेन्डर दिएर चिनमा सामान खरिद गर्नु पठाउनु भयो सम्झौता गरेर, अब तपाईं जस्तो भ्रष्ट मन्त्री पदमा बसिरहनु कुनै नैतिक्ताले दिदैन तपाइले नैतित्ताको आधारले राजिरामा दिनुपर्छ तपाईं जस्ता भ्रष्ट मन्त्री लाई जनताको अगाडि कोरा लगाउदै गोलि ठोक्नु पर्ने हो सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलि ज्यु उपप्रधानमन्त्री, र स्वस्थ्य मन्त्री ज्यु लाई बर्खास्त गर्न को निमिक्त जोडदार माग गर्दछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here