•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारी डाडा गाउँमा राहत वितरण गरेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले गोकर्णेश्वर नगरपालिका वाड ८ मा बसोबास गर्ने दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएक १०० घर परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष मनोज कुमार ढुंगानाले जानकारी दिएको हो।

राहतमा चामल – ५ किलो , मुसुरोको दाल -१ किलो, चिउरा- १ किलो, चिनी- १ किलो , तेल- आधा लिटर, मसला – १ प्याकेट, नुन – १ प्याकेट, हात धुने साबुन- १ रहेको छ ।

सो राहत वितरण कार्यक्रममा वडा अध्यक्ष मनोजकुमार ढुंगाना वडा सदस्य नन्द लाल श्रेष्ठ, वडा सदस्य डम्बर श्रेष्ठ वडा सदस्य एबम काठमाडौं जिल्ला समन्वय समिति सदस्य सान्नानी लामा दलित महिला वडा सदस्य सोबिता मिजार सहितको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
वडाका कर्मचारी वडा सचिब सुदिप हमाल कर्मचारी सुस्मिता लामिछाने, नगर प्रहरी , सामुदायिक प्रहरी, कर्मचारी डांडा गाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल, बेशी गाउँ युवा समुहका अध्यक्ष कृष्ण प्रसाद नेपाल र सदस्य विश्व कार्कीले राहत वितरण कार्यमा सहयोगी भूमिका खेलेका थिए।
आइतबारनै डांडा गाउ पश्चात पहिच्लो चरणको राहत वितरण कार्यक्रम अत्तरखेल स्थित नेपाली बजार क्षेत्रमा राहत वितरण गर्ने भनिएता पनि अत्याधिक भिडभाडको कारण सो स्थानको राहत वितरण कार्यक्रम स्थगित गरिएको पनि वडा अध्यक्ष मनोजकुमार ढुंगानाले बताए । साथै उनले अब वडा समिति परिचालित भई घर घरमा गइ बिपन्न बर्ग सक्कल रुपमा पहिचान गरि वडा समितिले राहत वितरण गर्ने जानकारी दिदै अन्य चरणको राहत कार्यक्रम स्थगित गरिएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here