• 277
  •  
  •  
  •  
  •  
  •  
  •  
    277
    Shares

धनकुटा बैशाख ३
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि धनकुटाको आयोजनामा धनकुटा जिल्लामा कोरोना भाईरस कोभिट १९ बाट बच्नका लागि उच्च सर्तकता अपनाउदै गत चैत ११ गते देखि नेपाल सरकारले आह्वान गरेको बन्दाबन्दि लकडाउन को समयमा सात वटै स्थानियतहरु मार्फत जिल्लामा रहेका दैनिक ज्यालादारी गरी गुजारा चलाइरहेका विपन्न तथा गरिब परिवारलाई १ करोड २४ लाख २२ हजार ६ सय १५ रुपैया बराबरको राहत वितरण गरिएको पत्रकार सम्मेलन मार्फत बुधबार जानकारी गराएको छ ।

जिल्लाका सातै तह नेकपाले जितेको स्थानीय तहहरुले हालसम्म कोरोना भाइरसको संक्रमणलाई रोक्न गरेका मुख्य–मुख्य कार्यहरुको पत्रकार सम्मेलनमा स्थानीय तहका सातै जना प्रमुखहरुले प्रस्तुत गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको निर्देशन अनुसार पार्टीको स्थानीय कमिटी र स्थानीय तहहरुले गरेको कामको विवरण आम नागरिक सामु पु¥याउन आवश्यक रहेकाले पत्रकार सम्मेलन गरिएको नेकपा धनकुटाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले बताउँनुभयो । अहिले मुलुक मानव अस्तित्वलाई जोगाउने विषम परिस्थितिबाट अगाडी बढी रहेको उल्लेख गर्दै पार्टी अध्यक्ष राईले कोरोना भाइरसको संक्रमण हुनबाट आफु बच्न र अरुलाई बचाउने अभियानमा सहयोग गर्न आम धनकुटेली नागरिकहरुलाई आग्रह समेत गर्नुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि एकमात्र विकल्प लकडाउन भएकाले यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नोतर्फबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै उहाले जिल्लामा कोहिपनि भोकभोकै बस्नु नपर्ने भन्दै सबैलाई समानरुपमा राहत वितरण भइरहेको बताए ।

जस अन्तरगत राहत वितरणको लागि जिल्लाको सातवटै स्थानिय तहबाट संकलन गरिएको दैनिक ज्यालादारी गरी गुजारा चलाइरहेका विपन्न तथा गरिब परिवार घरधुरी संख्या सात हजार सात सय ४५ रहेको नेकपा धनकुटाका प्रचारप्रसार विभाग प्रमुख अर्जुन राइले जानकारी दिनुभएको छ । त्यस्तै अहिले सम्म ६ हजार ६ सय ४५ घरधुरी संखयालाई राहात वितरण गरिसकिएको र लागत संकलन गरिएको सबै घरधुरीलाई राहत वितरण को क्रममा जिल्लामा जम्मा २९ हजार ३ सय ६० जना जनसंख्या लाभाम्वित हुने प्रचार प्रसार विभाग प्रमुख राइले बताउनु भयो । साथै उहाले अन्य बाकि रहेका असाह्य विपन्न तथा गरिव परिवारलाई तत्काल राहतवितरण कार्य अगाडि बढाउने पनि बताउनु भयो ।

त्यस्तै जिल्लामा वेड सहितको १ सय २१ वटा क्वारेन्टाइन केन्द्र स्थापना गरेका छन् भने थर्मलगन सहितको हेल्प डेस्क २३ वटा निर्माण ,४ वटा एम्बुलेन्स को व्यवस्था रहेकोे र स्वास्थ्य कर्मिलाई पिपिइ १ सय ६४ वटा वितरण गरिएको नेकपा जिल्ला कमिटि धनकुटाले जनाएको छ ।

त्यस्तै उक्त पत्रकार सम्मेलनमा बोल्नु हुदै प्रदेश १ का प्रदेशसभा विद्यायन समिति का सदस्य इन्द्र मणि पराजुलिले कोराना संक्रमण रोक थाम तथा राहत वितरणमा प्रदेश सभाका सदस्यहरुले स्थानियतहहरु संग समन्वय गरेर अगाडि बढ्ने तथा बन्द रहेका प्रदेश स्तरीय विकास निमार्णको कामहरु निरन्तरता दिने विषयमा पूर्वतयारी भइरहेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले कोरोना भाइरस संक्रमणलाई रोक्न गरिएको पहल र त्यसबाट सृजना भएको विषम परिस्थितिको अहिलेसम्म स्थानीय तहहरुले गरेका कार्यहरुको विवरण  नगरपालिकाका प्रमुख र  गाउँपालिकाका अध्यक्षहरुले प्रस्तुत गरेका थिए ।  लकडाउनको कारण मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विपन्न परिवार, दलित, गरिब लगायतका परिवारहरुलाई राहत वितरण गर्न शुरु गरिएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । स्थानीय तहहरुले राहत वितरणको मापदण्ड तयार गरेर राहत वितरण गर्दै आएको स्थानीय तहहरुले बताएका छन् ।
धनकुटानगरपालीका
२ हजार २ सय ९८ घरधुरीलाई राहत वितरण, लाभान्वित जनसंख्या ११ हजार ,४ सय ९० ,कुल लागत रकम रु .३९,४८,५२०,
नगर क्षेत्र भित्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मीहरु र नगर प्रहरीलाई पिपिइ लगाएत अन्य सामाग्रीहरु खरिद र संक्रमण रोक्नका लागि नगर क्षेत्र भित्र औषधी स्प्रे गर्ने प्रयोजनका लागि विनियोजित रकम रु . ५,००,००० , आपूर्ती सहजताका लागि प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको, धनकुटा नगरपालिका वडा नं ६ स्थित औद्योगिक ग्राम तयार गरिएको क्वारेन्टाइन सेन्टर व्यवस्थापनका लागि रु. १००,००० ,हरेक बजार क्षेत्रमा सचेतता माइकिङ प्रचार प्रसार गरिएको , नगर भित्र दैनिक ज्यालादारी मजदुरी, अतिविपन्न, सुकुम्बासी र श्रोत विहिन का लागि खाद्ययन्न रु .३९,४८,५२० , बराबरको राहत वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङ ले बताउनु भयो ।

महालक्ष्मीनगरपालीका
६ सय १८ घरधुरीलाई रु .१२ लाख बराबरको राहात वितरण भएको र जसबाट लाभान्वित जनसंख्या २ हजार ३ सय ४५ जना रहेको छ । जनप्रतिनिधिहरुको १ महिनाको सुविधा बापत रकम सहित रु.३० लाख रकमरहेको प्रकोप व्यवस्थापन गरिएको । स्वास्थ्य कर्मि एवम कर्मचारीहरुलाई ४० थान पिपिइ ७ हजार थान सर्जिकल मास्क २ हजार थान सर्जिकल ग्लोब्ज र १ थान थर्मगन वितरण गरिएको । १० बेड सहितको क्वारेन्टाइन केन्द्र तयार र अन्य ८ स्थानमा क्वारेन्टाइन केन्द्र तोकिएको । २५ हजार ८३० थान माक्स सर्वसाधारणलाई वितरण गरिएको । प्रत्येक वडामा औषधि स्प्रे गर्ने कारवास मेशिन वितरण र १० थान स्प्रे मेशिन राखिएको , आवश्यक मापदण्ड पुरा गरी १ थान एम्बुलेसन तयारी अवस्थामा रहेको नगर उप प्रमुख मन्जु अधीकारी ले  जानकारी दिनु भएको छ ।
पाख्रीबास नगरपालिका
१५०० घरधुरीलाई रु.३० लाख बराबरको राहत उपलब्ध गराइएको । आपुर्ती सहजताका लागि प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको , १० बेड सहितको क्वारेन्टाइन केन्द्रको स्थापना गरिएको । हरेक बजार क्षेत्रहरुमा माइकिङ्ग गरी सचेतता अपनाउन आग्रह गरिनुका साथै सार्वजनिक स्थलहरुमा चेतनामुलक व्यानर टाँस गरिएको । त्यस्तै गरी जनप्रतिनिधिहरुको १ महिनाको सेवा सुबिधावापतको रकम र नगरपालिका भित्रका कर्मचारी र शिक्षकहरुको ५,५ दिनको तलब बापतको रकम सहित प्रकोप व्यवस्थापन कोषमा रु .२० लाख जम्मा गरिएको नगर प्रमुख विर्षबहादुर राइले बताउनु भयो ।
सागुरीगढि गाँउपालिका
१हजार ५० घरधुरीलाई राहत वितरण भएको र यसबाट ४३५० जनसंख्या लाभान्वित भएको ।यसका लागि रु. १८ लाख ढुवानी सहित खर्च भएको , जानप्रतिनिधिहरुको १५ दिनको सुविधा वापतको रकम तथा कर्मचारीहरुको नेपाल सरकारले तोके अनुसारको रकम सहित प्रकोप व्यवस्थापन कोषमा रु. १८ लाख जम्मा गरिएको । ३९ थान पिपिई स्वास्थ्यकर्मीहरुलाई वितरण गरिएको , आपूर्ती सहजताका लागि अध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको । १० बेड सहितको क्वारेन्टाइन केन्द्रको स्थापना गरिएको गाउँपालिका प्रमुख कुमार जंग याख्याले जानकारी दिनु भएको छ ।
छथरजोरपाटि गाँउपालिका
६९१ घरधुरीलाई रु. १० लाख ७४ हजार ९५ रुपैयाँ बराबरको राहात वितरण २००० थान माक्स वितरण । ३३ थान पिपिई स्वास्थ्यकर्मीहरुलाई वितरण गरिएको , १२०० थान एक्जामिनेशन पञ्जा वितरण स्वास्थ्य संस्थाहरुमा , एक एम्बुलेन्स तयारी अवस्थामा राखिएको । ७ वटा हेल्पडेस्क निमार्ण गरिएको । गाँउपालिकाको १४ दिनको सुविधा बापत रकम र गाँउपालिका भित्रका कर्मचारी र शिक्षकहरुको ३,३ दिनको तलव बापतको रकम सहित २० लाख रुपैंयाको प्रकोप व्यवस्थापन कोष स्थापना । लकडाउनका कारण अलपत्र परेका कालीकोटका ८ जना घुमन्ते व्यापारीहरुलाई गाँउपालिकाको तर्फबाट राहत वितरण , हरेक बजार क्षेत्रमा सचेतना मुलक व्यानर टाँग तथा माइकिङ्ग गरेको गाँपालिका प्रमुख सेरबहादुर लिम्बुले बताउनु भयो ।

सहिदभूमि गाउँपालिका
४ सय ३९ घरधुरीलाई रु.१४ लाख बराबरको राहत उवलब्ध गरिएको , आपूर्ती सहजताका लागि अध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको , २१ बेड सहितको क्वारेन्टाइन केन्द्रको स्थापना, विदेशबाट आउने १८ जनाको पहिचान गरी क्वारेन्टाइन केन्द्रको स्थापना , स्वास्थ्य कर्मिहरुलाई २२ थान पिपिई वितरण , थर्मगन सहित एक हेल्पडेस्कको स्थापना जीवन विकास विक्तिय संस्थाबाट १० क्वइटल चामाल उपलब्ध , एक भारातिय महिलालाई क्वारेन्टाइनमा राखिएको नेपाल कम्यूनीस्ट पार्टी नेकपा गाँउ कमिटिबाट ४० क्विन्टल चामाल , २० कार्टुन तेल र २५० केजी नुन उपलब्ध गराएको छ । जनप्रतिनिधिहरुको १५ दिनको सुविधा बापतको रकम र गाँउपालिका भित्रका कर्मचारी र शिक्षकहरुको ३,३ दिनको तलव बापत रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको । हरेक बजार तथा टोलमा सचेतना मुलक कार्यक्रम तथा व्यानर टाँग माइकिङ्ग गरिरहेको गाँउपालिका प्रमुख मनोज राइले बताउनु भयो ।
चौविसे गाँउपालिका
रु. ५ लाखको औषधि खरीद गरी मौज्जाद गरिएको । हाल १महिना पुग्ने गरी औषधि मौज्दात रहेको ।
र राहात वितरणको निम्ति ११०० घरधुरीको लगत संकलन वितरणका लागि प्रक्रिया अगाढि बढाइएको , वाडा नं १ बुधबारे बजारमा हेल्प डेक्स स्थापना गरी जम्मा १०५० जनाको स्वास्थ्य परिक्षण गरिएको आवश्यक मादण्ड पुरा गरेर वाड नं १ र ७ मा दुइवटा एम्वुलेन्स तयारी अवस्थामा राखिएको । १० बेडको क्वारेन्टाइन स्थापना गरिएको । स्वास्थय कर्मिहरुलाई ३० थान पिपिइ वितरण , नेपाल कम्यूनिष्ट पार्टी नेकपा चौविसे गाँउ कमिटीले उपलब्ध गराएको ३२ सय पिस माक्स सहित ४२०० पिस मास्क वितरण गरिएको गाउपालिका प्रमुख खजिन्द्र राइले बताउनु भयो ।

  • 277
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here