•  
  •  
  •  
  •  
  •  
  •  
  •  

,
धनकुटा बैशाख ४
धनकुटामा असाह्य गरिव तथा विपन्न परिवार कोहि पनि विपतको समयमा भोक भोकै बस्नु नपर्ने नेकपा धनकुटाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले बताउँनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कार्यहरुको नेकपा धनकुटाले बुधबार जानकरी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले यस्तो बताउनु भएको हो ।

साथै उहाँ ले पार्टीको निर्देशन अनुसार पार्टीको स्थानीय कमिटी र स्थानीय तहहरुले गरेको कामको विवरण आम नागरिक सामु पु¥याउन आवश्यक रहेकाले पत्रकार सम्मेलन गरिएको प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले बताउँनुभयो । सात वटै स्थानियतहहरु ले वास्तविक पिडित हरु पहिचान गरेर राहत वितरणको मापदण्ड तयार गरेर राहत वितरण गर्दै आएको उहाँको भनाइ छ । अहिले मुलुक मानव अस्तित्वलाई जोगाउने विषम परिस्थितिबाट अगाडी बढी रहेको उल्लेख गर्दै पार्टी अध्यक्ष राईले कोरोना भाइरसको संक्रमण हुनबाट आफु बच्न र अरुलाई बचाउने अभियानमा सहयोग गर्न आम धनकुटेली नागरिकहरुलाई आग्रह समेत गर्नुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि एकमात्र विकल्प लकडाउन भएकाले यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नोतर्फबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा स्थानीय तहहरुले राहत वितरणको मापदण्ड तयार गरेर राहत वितरण गर्दै आएको स्थानीय तहहरुका प्रमुखहरुले बताएका छन् । पत्रकार सम्मेलनमा अहिलेको परिस्थिति भनेको कुनै जाति, धर्म, पार्टी लक्षित नभएको र सिंगो मानव जातिको अस्थित्वलाई कसरी बचाउने भन्ने अभियानमा भएकाले पार्टीले कोरोना भाइरसको नियन्त्रणको लागि गरेका हरेक सकारात्मक गतिविधिहरुलाई आम नागरिक सामु पु¥याउनको निम्ति सहयोग गर्न पत्रकारहरुलाई नेकपा धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख अर्जुन राईले आग्रह गर्नुभयो । सो अवसरमा प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य एवम् विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि प्रदेश सरकारले अहिलेसम्म गरेका पहल र प्रयत्नको विषयमा जानकारी गराउँदै सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।

जिल्लामा दैनिक ज्यालादारी गरी गुजारा चलाइरहेका विपन्न तथा गरिब परिवार घरधुरी संख्या सात हजार सात सय ४५ रहेको छ । त्यस्तै अहिले सम्म ६ हजार ६ सय ४५ घरधुरी संखयालाई राहात वितरण गरिसकिएको छ । जिल्लामा जम्मा २९ हजार ३ सय ६० जना जनसंख्या लाभाम्वित भएको छ । त्यस्तै जिल्लामा वेड सहितको १ सय २१ वटा क्वारेन्टाइन केन्द्र स्थापना गरेका छन् भने थर्मलगन सहितको हेल्प डेस्क २३ वटा निर्माण ,४ वटा एम्बुलेन्स को व्यवस्था रहेकोे र स्वास्थ्य कर्मिलाई पिपिइ १ सय ६४ वटा वितरण गरिएको नेकपा जिल्ला कमिटि धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here