• 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

धनकुटा बैशाख ५
धनकुटाको सहिदभूमि गाउपालिकाले बिहिबार गाँउपालिकाको वाड नं २ आखुवाटार बाट अल्पत्र परेर बसेका ४६ जना यात्रुको   उद्धार गरेकाछन् । लकडाउन को समयमा नेपाल सरकार ले एकजिल्ला बाट अर्को जिल्ला र एक गाउँपलिका बाट अर्को गाँउपालिका ,एक वडा बाट अर्को वडा मा आवतजावत मा कडाइ गरे संगै मोरङ्ग, सुनसरी लगाएतका जिल्लाबाट आएका भोजपुर घर हिनेका हरु सहिदभूमी गाउपालिकाको वाड नं २ आखुवाटार मा रहेको झोलुङ्गे पुल बन्द भएपछि एक दुइ दिन देखि अल्पत्र परेर बसेका यात्रुहरुलाई भोजपुर जिल्लाको हतुवागडी गाउँपालीका संग समन्वय गरेर उद्धार गरेको गाउँपालीका प्रमुख मनोज राईले जानकारी दिनु भएको छ । उनिहरुलाई बिहिबार दुबै तर्फको सहिदभूमी गाउपालिका र हतुगडीगाउपालीका को सुरक्षा कर्मि ,स्वास्थ्य कर्मी , प्रशासकीय अधिकृत लगाएत को टोलिले स्वस्थ्य परिक्षण र सरसल्हा सहित खाजा नास्ता वितरण गरेर उद्धार गरेका हुन ।

त्यस्तै गरि आज पनि त्रिवेणिमा २७ जना भोजपुर हिनेकाहरु अल्पत्र परिरहेको सहिद भूमि गाउपालिका प्रमुख मनोज राईले जानकारी दिनुभएको छ । जंगलमा अल्पत्र परेर बसेका हरुलाई गाउपालिका ले खाजानास्ता वितरण गरेर रखेको बताउनु भयो । त्याहाँ रहेको भोजपुर तर्ने झोलुङ्गे पुल बन्द भएको कारण अल्पत्र परेर बसेका हरुलाई अहिले उद्धार गर्ने पहल भइरहेको गाउपालिका प्रमुख मनोज राइले बताउनु भयो ।

त्यस्तै गरी यस विषयमा धनकुटाका प्रशासन प्रमुख केशब प्रसाद विमलि संग बुझदा उहाले सुन्सरी बाट जथाभावि मान्छेहरु छोडीदिदा धनकुटा जिल्ला संग जोडिएको नाकाहरुमा जोखिम बढेको बताउनु भयो । साथै सुनसरी जिल्लाको प्रशासन संग यस विषयमा कुरा भइरहेको र भोजपुरका प्रशासन संग पनि छलफल भइरहेको बताउनु भयो ।

  • 13
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here