• 980
  •  
  •  
  •  
  •  
  •  
  •  
    980
    Shares

काठमाडौं । जिल्ला समन्वय समिति दोलखाका सदस्य तथा कम्युनिष्ट पार्टी (नेकपा) का नेता विदुर शर्मा र  नेकपा दोलखा को नेता  शंकर लामाको मुख्य पहलमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका दोलखा जिल्ला मेलुङवासी करिब तिन हजार जनालाई  गाउँ फर्काइएको थियो । मेलुङ्ग बासीलाई  गाउँ फर्काउन करिब २२ लाख रुपैयाँ खर्च भएको थियो सो खर्च युवा नेता बिदुर  शर्मा एक्लैले २० लाख ६० हजार आफैले तिरेर गाडी पठाईएको थियो ।

‘सेवा नै धर्म हो’ भन्दै उहाको अभियान सफल भएको भन्दै हिजो भक्तपुरको गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै मेलुङ्ग बासीको दुख लाइ मध्यनजर गर्दै उहाले दुई दिन लगाएर ५५ वटा बसमा मेलुङ्ग गाउपलिकाको ७ वटा वडामा पठाउनु भएको बताउनु भयो । उनले भने,मेलुङ्ग बासीको दुख बुजेर आफुले सक्ने सम्म उद्दार गरि गाउ सम्म पठाउनु सक्यो भने मेलुङ्ग बसी लाइ ठुलो राहत कुरा पनि बताउनु भएको  ।

गाउपलिका ले कुनै पहल कदम गर्न नसकेको खण्डमा उहाले  गाउँपालिकावासीलाई निःशुल्क यातायातको व्यवस्थासहित घर पठाउने निर्णय सहित  ५५ वटा यात्रूवाहक बस रिजर्भ गरेबापतको २२ लाख भाडा खर्चमध्ये २० लाख ६० हजार  उहा आफैले दिएको र सबै पैसा उहाको व्यक्तिगत तिर्ने गाउपलिका संग कुनै पैसा नलिने घोषण  गर्नु भयो ।आफु मात्रै नभई म लगायत हाम्रो सिंगो टिम नेकपा जिल्ला कमिटी दोलखाका सदस्य शैलेन्द्र खड्काबाट रु  एक लाख र मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोकर का युवा व्यवसायी वसन्त लामा (थोकर) ले पनि  ४० हजार सहयोग उपलब्ध भएको बताउनु भयो ।  अलपत्र परेका मेलुङ्ग  बासीलाई आवश्यक समन्वय गरि सुरक्षित ढंगले घर सम्म पठाउने  एक खल को निर्णय भएपछी हामीले अभियान सुरु  गरेको पनि जारी विज्ञप्तीमा जनाईएको छ ।यस अभियान मा मलाई साथ दिनु हुने  दोलखा जिल्ला नेकपाका नेता एवम् प्रदेश संसद  विशाल खड्का, नेकपा बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य शंकर लामा, नेकपा मेलुङ गाउँपालिका ईन्चार्ज रवीन्द्र कार्की, स्थानीय सरकारका जनप्रतिनिधिहरु अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय उपाध्यक्ष सुन्दर केसी, नेकपाका युवा नेताहरु शैलेन्द्र खड्का, छिरिङ लामा, सज्जन लामा, सरोज मोहन  तामाङ, वासु भण्डारी, लोप्साङ लामा, विकल श्रेष्ठ, राजु कार्की, श्रीराज पोखरेल , नारायण मगर, वसन्त लामालगायतका टिम लाइ शर्माले हार्दिक धन्यबाद दिनु भएको थियो ।

को हुन् त बिदुर शर्मा 

एक मन को धनि बिदुर शर्मा दोलखा को मेलुङ्ग गाउपलिका को घ्याङसुकाठोकर मा जन्मिनु भएको थियो ।उहाको को पारिवारिक नै सामाजिक कार्य मा अग्रसर हुनु भएको कारण उहा सानै देखि सामाजिक कार्य मा हिडिरहनु भएको थियो गाउपालिका भित्र जतिसुकै विपति हुने बेला पनि उहाले सधै सहयोग गर्नु हुन्थ्यो जिल्ला सम्म पनि उहाले धेरै ठाउमा सहयोग गरिसक्नु भएको र दोलखा को धेरै ठाउँ हरु मा आर्थिक भौतिक सहयोग गर्दै आउनु भएको थियो ।दुखि आसय ब्रिद्दा असक्त बालबालिका बिद्यार्थी लाइ उहाले अहिले पनि गर्दै आउनु भएको छ ।

  • 980
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here