•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं , नेपाल दलित विद्यार्थी संघ केन्द्रको पहल र स्यम्बु लामा समूहको सहयोगमा ३ सय घर परिवारलाई राहत वितरण गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य,दलित विद्यार्थी, ज्यालादारी मजदुर थप संकटमा परेको काठमाडौंका विभिन्न ठाउँमा गई संघका अध्यक्ष राजु सुनारको संयोजनमा अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको हो ।


राहतमा प्रति परिवार १ बोरा चामल,५ केही दाल, २ लिटर तेल र २ प्याकेट नुन रहेको थियो।दैनिक विहान र बेलुका खाना खुवाई राखेको जोरपाटी चोकको मजदुर तथा विपन्न वर्गलाई खाना खुवाउने ठाउँमा समेत १० बोरा चामल, ५० केजी दाल, २० लिटर तेल र २० पाकेट नुन सहयोग गरेको छ । त्यस्तै जोरपाटी भेगका दलितहरुलाई समेत जम्मा पारेर तामाङ गुम्बा नजिक र बराल पम्प सुनार टोलमा अत्यावश्यक खाद्यान्न वितरण गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here