• 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं, बैशाख १२ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन थपिदो छ ।

आज पुनः झापाका एक ६२ बर्षीय वृद्धमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

मन्त्रालयका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।

अहिले उनको आइसोलेसनमा राखेर उपचार सुरु भएको पनि मन्त्रालयले जनाएको छ ।

  • 13
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here