•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पूर्वमन्त्री तथा संविधानसभा सदस्य सुनिल बहादुर थापाले आफू र आफ्नो निवासलाई जोडेर केही संचार माध्यममा भ्रामक समाचार आएको भन्दै आपत्ति प्रकट गरेका छन ।थापाले सोमबार उक्त समाचारको खण्डन गर्दै त्यस्तो पत्रकारिता मार्फत आम पाठक र जनताको सुसूचित हुने प्रजातान्त्रिक हक र अधिकारमाथि खेलवाड नगर्न सम्बन्धितलाई सचेत पनि गराएका छन ।

नेता थापाले उक्त समाचारको खण्डन गर्दै भनेका छन,‘ जनता टाइम्स तथा दैनिकीका अनलाइन संस्करणमा मलाई र मेरो निवासलाई केन्द्र विन्दु बनाएर पूर्वमाओवादी र नेपाली कांग्रेस मिली सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूविरुद्ध मेरो निवासमा बैठक बसी रणनीति तथा कार्यनीति तय भयो भनी प्रकाशित समाचार अत्यन्त कपोकल्पित, भ्रामक र प्रायोजित भएकाले म यस्तो कुसमाचारको निन्दा र भत्र्सना गर्दै खण्डन गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here