•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा नगरपालिकाले काठमाडौमा अलपत्रपरेर बसेका नगरपालीकाको १ सय १ जनालाई उद्धार गरी मंगलबार धनकुटा ल्याइएको छ ।

लकडाउनका कारण काठमाडौमा अलपत्र परेर बसेकाहरुलाई सुरक्षित विधि अपनाइ नगरपालीका ले उद्धार गरेको हो । उनीहरुलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तमा १ सय १ जनालाई दुइवटा नाइट बस रिर्जभ गरी धनकुटा ल्याइएको धनकुटानगरपालिका वडा नं १ का वडाअध्यक्ष निरन तामाङ्गले जानकारी दिनुभएको छ ।

स्वस्थ्य उपचारको शिलशिलमा पुगेका वा कामविशेषले काठमाडौ पुगेका लकडाउनका कारण घरफर्कन नपाइएकोहरुलाई पहिलो प्राथमिक्ता दिएको छ भने , घर धनकुटा भएका मजदुरी ज्यालादारी गरी जिवन चलाउने दोस्रो र विद्यार्थिहरु लाइ तेस्रो तहमा विभाजन गरि नेकपा धनकुटाले जिल्लाको सात वटै स्थानिय तहहरु र काठमाडौमा अलपत्र परेकाहरुलाई उद्धार गर्नका लागि धनकुटा काठमाडौ कोरोना विपद सहयोग समिति संग समन्वय गरी ६ सय जनालाई उद्धार गर्न लागेको हो ।

त्यस्तै गरि हतुवागडि गाउँपालिका काे काेराेना संक्रमित व्यत्ति काे नातेदार अाफ्नतहरू धनकुटा काे हिलेबजार चादानी चाेकमा रहेका उनका सात जना अाफन्त संग बसेर खाना खाने र संगै बाँस बसेका हरूलाई साेमबार नगरपालिका काे काेराेना परिक्षण टाेलि सहित जिल्ला अस्पताल का स्वास्थ कर्मिहरू ले र्यापिड टेस्ट तथा पिसिअार चेक गर्दा काेराेना नेगेटिभ देखाएकाे वडा अध्यक्ष निरन तामाङले बताउनु भयाे ।

अहिले उनिहरूकाे अवस्था सामन्य रहेको र सुरक्षित का साथ १४ दिन हाेम क्वारेन्टाइन मै बस्न अाग्रह गरेको अध्यक्ष तामाङ ले जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here