• 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं ।

विस्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिट १९ बाट बच्नका लागि हामि डेढ महिना लामो लकडाउनमा बसिरहेका छौ । बन्दा बन्दि लकडाउन कारण शैक्षिक क्षेत्रमा ठुलो प्रभाव परेको छ यस समस्या समाधानका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देश गरेको छ ।

प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले वैशाख २२ बाट कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय कमिटीलाई निर्देशन गरेको बताए ।प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । अध्यक्ष पुरीले कक्षा सञ्चालन नगर्दा विद्यार्थीको पठनपाठन डामाडोल हुने र शैक्षिक सत्रको क्यालेन्डरमा समेत असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए ।

तर, नयाँ भर्नाको विषयमा कुनै निर्णय नभएको प्याब्सनको भनाइ छ । नेपाल समाचारपत्रमा खबर छ ।

  • 19
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here