•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा बैशाख १७।

डेढ महिनालामो लकडाउनका कारण विकास निर्माणका कामहरु अहिले प्रभावित भएकाछन् । धनकुटा नगरपालिका ले भने कोरोना संक्रमणको साबधानी अपनाउँदै ठुला योजनाहरुको काम अगाढी बढाएको छ ।    धनकुटा जिल्लाको धनकुटानगरपालिका ले कोरोना भाइरस कोभिट १९ बाट बच्नका लागि लागाइएको बन्दाबन्दि लकडाउन का कारण रोकिएको विकासे आयोजनाका कामहरुलाई विस्तारै कोरोना   संक्रमणको      सुरक्षित विधि अपनाउँदै नगरभित्र सञ्चालित ठुला योजना हरु सञ्चालनमा ल्याइएको छ । संघिय सरकारले स्वास्थ्य सुरक्षा अपनाउँदै महत्वपूर्ण आयोजनाका काम अघि बढाउन स्वीकृति दिएकाले पनि काम निरन्तरता दिनलागेको वडाअध्यक्ष निरन तामाङ ले बताउनुभयो ।

सामाजिक दुरी कायम राखेर कामदारहरु स्वस्थ्य जाँच , काम भइरहेको क्षेत्रमा कोहिपनि पस्न नदिने हिसाब ले शिल गरी स्थानिय कामदारलाइ मात्र काममा लगाइएको वडाअध्यक्ष निरन तामाङ को भनाइ छ । त्यस्तै गरी उहाले संघिय सरकार प्रदेश र नगरपालीकाको ठुला योजनाका काम सुरु गरेको बताउनु भयो ।

सञ्चालित आयोजनाहरुमा ७ करोड ६२ लाख को संघिय सरकार मार्फत सञ्चालन भइरहेको हिले बजारमा ढल निर्माण आयोजना , प्रदेश १ सरकार को समयमै सक्नु पर्ने ८० लाख को हिले पार्क निर्माण र गजुर होटल चिँया बारी ग्रमिण सडक ४० लाख, हिले भिउटाउर घण्टा घर ४० लाखमा निमार्ण नगर र बक्रकुणड पार्क निर्माण २० लाख नगर को गरी जम्मा ५ वटा ठुला आयोजनाका काम सुरुभएको छ ।

धनकुटा जिल्लामा अहिले सम्म कुनै कोरोना संक्रमित भेटिएको छैन त्यसैले जिल्ला सुरक्षित रहेको छ । गत चैत ११ गते देखि जारी रहेको निषेधाज्ञा र लकडाउनको इमान्दारीताका साथ भएको पालनका कारण जिल्ला सुरक्षित रहेको छ , सरकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेका नितिनियम पालना गरे हामि सबै सुरक्षित रहन्छौ, आफुपनि बचौउ अरुलाइ पनि बचाउ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here