•  
  •  
  •  
  •  
  •  
  •  
  •  

वैशाख २६ धनकुटा ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै धनकुटा हिलोमा दीप प्रज्वलन गरेको छ ।

२५६४ औं वुद्धजयन्तिको अवसरमा हिले बजारको प्रत्येक घर गुम्बा र बुद्व चाेकमा दीप प्रज्वलन गर्दै त्यस्तो कामना गरिएको हो । धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङले वुद्धको शालिकमा दिप प्रज्वलन गर्नुभएको थियो ।

दीप प्रज्वलन कै अवसरमा हाल माहामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रण लागि खटिएका तथा संक्रमितहरुको सेवामा खटिएका स्वास्थ्यकर्मी तथा सूरक्षाकर्मीहरुको मनोवल उच्च रहोस् भन्ने कामना गरिएको थियो भने यो भाईरस संक्रमणबाट मृत्यूवरण गरेकाहरुको आत्माको चीर शान्तिको कामना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here