• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

वैशाख २७ धनकुटा ।धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवामा हिजो आयोजित रक्तदान कार्यक्रममा १ सय ९ जनाले रगत दान गरेका छन् ।

१५७ औ विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस शोसाईटी सिधुवा उपशाख र सुलभ वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिधुवाको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा २३ जना महिला र ८६ जना पुरुष गरि उल्लेखित संख्याका व्यक्तिले रगत दान गरेको आयोजकले जनाएको छ । रगत संकलनका लागि नेपाल रेडक्रस शोसाईटी रक्त सञ्चार केन्द्र धरान घोपाका ६ जना पा्रविधिक टोलि आएका थिए ।

कार्यक्रम छथरजोरपाटी गाउँपालिका प्रमुख शेरवहादुर लिम्वुको प्रमुख आतिथ्य तथा सुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङको अध्यक्षतमा भउको थियो । भने नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरि राई,सिधुवा उपशाखाका सभापति नील वहादुर थापा र छथरजोरपाटी गाउँपालिकाका ६ नं वडाध्यक्ष दिल वहादुर थापाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सुलभ वचत तथा ऋण सहकारी संस्थाका कार्य सञ्चालन समिति सदस्य दिवेश खड्काले गर्नुभएको थियो । हाल नेपालका विभिन्न स्थानमा भईरहेको रगत अभावको परिपूर्तिमा सघाउ पर्याउदै यो कार्यक्रमको निरन्तरता स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस शोसाईटी सिधुवा उपशाखाका सचिव सुन्दरमान डङ्गोलले जनाकारी दिनुभयो ।

उहाँका अनुसार यहा यस्तो कार्यक्रम आयोजना गरिएको यो चौथो पटक हो । संकलित रगत रक्त संकलन केन्द्र धरान पठाईएको छ ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here