•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख

धनकुटाको पाख्रिबास नगरपालीकामा नगरपालिका ले मकै बालीमा लाग्ने फौजिकिरा नियन्त्रणका लागि फौजिकिरा प्रकोप क्षेत्रमा विषादि छर्न सुरुगरेको छ ।

नगरपालिकाको वाडा नं १ सान्ने साबिक १,२,३, वडाहरुमा कृषकले लगाएको मकैबालीमा फौजि किरा लागेर मकैबाली सखाप पार्न थाले पछि शनिबार देखि फौजि किरा नियन्त्रण विषादि छर्न सुरु गरेको हो । पाख्रिबासनगरपालिका प्रमुख विषृ बहादुर राइ र वडा अध्यक्ष हेम बहादुर पाण्डे को उपस्थितिमा २ सय ५० हेक्टरमा लगाएको मकै बालिमा विषादि छर्न सुरु गरेको नगरपालिकाको कृषि साखा सहायक प्राबिधिक प्रमुख इन्द्रमाया तामाङ ले जानकारी दिनुभएको छ ।

 

नगरपालीका ले फौजि किरा नियत्रणका लागि ५० प्रतिशत अनुदानमा विषादि किसान लाई उपलब्ध गराएको हो । किसान लाई बिषादि छर्ने का लागि कृषि साखा साहायक प्राबिधिक प्रमुख इन्द्र माया तामाङ ले सहजिकरण गरिहनु भएको छ । त्यस्तै गरी नगर को अन्य वडाहरुमा पनि फौजि किरा नियन्त्रणका लागि विषादि छर्ने कार्यक्रम रहेको कृषि साखा साहायक प्राबिधिक प्रमुख इन्द्र माया तामाङ ले बताउनु भयो ।

फौजिकिरा नियन्त्रणका लागि छरेको विषादिको प्रभावकारीता अनुगमन मुल्याङकनमा नगर प्रमुख विषृ बहादुर राइ र वडा अध्यक्ष हेम बहादुर पाण्डे रहनु भएको छ । पहिलो चरणमा छरेको विषादिको नतिजा हेरेर तिन पटक सम्म छर्ने योजना रहेको कृषि साखा कार्यलयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here