•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा जेष्ठ ।धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा फरार रहेका मदन अधिकारी शनिबार प्रहरीले पक्राउ गरेकाछन् ।

धनकुटा घरभएका बालिकालाई ललाइफकाई गरी यौन शोषण गरेको भन्दै बालिकाको आफन्तले बिहिबार चारजना विरुद्ध मुद्धा दर्ता गरेका थिए । आफन्तले मुद्धा दर्ता गरेपछि शुक्रबार धनकुटा नगरपालिका ६ का गौरी अत्री,सिरान बजारका देवेन्द्र श्रेष्ठ , कचिडेका भक्त बहादुर मगर प्रक्राउ परेका थिए । फरार एकजना अधिकारी लाइ भने शनिबार प्रहरिले जिल्ला आखा अस्पताल छेउबाट पक्राउ गरेको डिएसपि धुव्रकुमार श्रेष्ठ ले जानकारी दिनुभएको छ ।

अहिले पक्राउ परेका अधिकारी माथि अनुसन्धान भइरहेको डिएसपि धुव्रकुमार श्रेष्ठ ले बताउनु भयो । बालीकालाई उनीहरुले ललाइफकाई गरी यौन शोषण गर्दै आएको भनी बालिकाको परिवारले गौरी अत्री ,देवेन्द्र श्रेष्ठ ,भक्त बहादुर मगर , गोकुण्डेश्वर मावि का शिक्षक मदन अधिकारी विरुद्ध मुद्धा दर्ता गरेका थिए । अधिकारी अखिल नेपाल विद्यार्थी संगठनको प्रदेश १ महासचिव हुन । श्रेष्ठ सिरान बजारमा खाजा पसल सञ्चालन गर्दै आएकाछन् । अत्री र मगर स्थानीय व्यसायि हुन । उनीहरुले लामो समय देखि बालिकालाई ललाइफकाई गर्दे यौन शोषण गर्ने गरेको परिवारले दिएको उजुरीमा उल्लेख छ ।

परिवारलाई सुरुमा केहि थाहा नभएको र बालिकाको पेट बढ्दै गएपछि सोधपुछ गर्दा मात्रै ती बालिकालाई यौन शोषण गर्ने गरेको रहस्य खुलेको परिवारजनको भनाइ रहेको छ । गरिव दलित परिवाका ति बालिका गर्भवति भएको खुलेको छ । बालिकाको बिहिबार स्वास्थ्य जाच गरिएको छ ।स्वास्थ्य जाचको क्रममा बालिका गर्भवति भएको प्रमाणित भएपछि आरोपित चारै जना विरुद्ध मुद्धा दर्ता गरिएको परिवार जनको भनाइरहेको छ ।

अहिले बालिकालाई धनकुटामा रहेको पुनस्थापना केन्द्रमा राखेको र स्वास्थ अवस्था सामान्य रहेको र बलत्कारीहरु चारैजना विरुद्ध मुद्धा दर्ता भएको जिल्ला प्रहरि कार्यलयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here