•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा जेठ ३०।धनकुटाको छथरजोरपाटि गाँउपालिका ले चालु आर्थिक वर्षको गाउपालिकाको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्धन विकास कार्यक्रम अन्तरगत फाप्रे झर्ना व्यवस्थापन तथा निमार्ण कार्य पुरा गरेको छ्।

गाउपालिकाको चालु आर्थिक वर्षमा विनियोजित बजेट ३ लाख ५० हजारले झर्ना जाने बाटो मा सिडि निर्माण , वाल उठाउने , र धारा निर्माण कार्य सम्पन्न भएको वडा नं २ का वडा अध्यक्ष कृष्ण कुमार आले मगर ले बताए । फाप्रे झर्ना करिब ३० मिटर उचाइको रहेको छ । उक्त भर्ना प्रचार प्रसार तथा बाटो घाटो को अभावमा ओझेल परिरहेकाले अहिले झर्ना जाने बाटोमा सिडि निर्माण लगायत कार्य सकिएकाले आगामी दिनमा थप व्यवस्थित बनाएर गाउपालिकाको प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउपालिका अध्यक्ष सेर बहदुर लिम्बुले बताए ।

झर्ना वरिपरि राइ समुदाएको बसोबास तथा त्याहाँ उनीहरुले पुजा पाठ पनि गर्दै आइरहेकाले आउदो वर्ष झर्ना नजिकै मार्ग थान निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बुले जानकारी दिएकाछन् । त्यस्तै गरी प्रचार प्रसार मर्मत सम्भार को अभावमा पर्यटकिय क्षेत्रहरु ओझेलमा परिरहेकाले स्थलस्थानिय सरकार आयपछि वर्षाै देखि ओझेलमा परिरहेको पर्यटन विकासको प्रचुर सम्भावना बोकेको झर्ना को विकास भएकोमा वडा नं २ का स्थानिय नविन भुजेल ले खुसी लागेको बताएकाछन् ।

झर्ना जानको लागि हाइवए सडक गुरासे बाट छथर जोरपाटि रिङरोड नजिकै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here