•  
  •  
  •  
  •  
  •  
  •  
  •  

जेष्ठ २९ धनकुटा ।नेपाली कांग्रेस धनकुटाले जिल्लामा आर डि टी परिक्षण बन्द गरी पिसिआर परिक्षणलाई व्यापक वनाउन र कोरोना अस्पताल सहित सवै वडामा क्वारेन्टाईन स्थापना गर्न माग गर्दै आज प्रधान मन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस तिव्र रुपमा फैलदै गएकोले यसको नियन्त्रणका लागि धनकुटा जिल्ला समदरमुकाममा पिसिआर ल्याप सहितको कोरोना अस्पताल र जिल्लाको ६० वटै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्न माग गर्दै प्रधान मन्त्री ओलीलाई धनकुटका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली मार्फत नेपाली कांग्रेस धनकुटाले ध्यानार्कषण पत्र पठाएको हो । ध्यानाकर्षण पत्र जिल्ला सचिव विजय सन्तोषी राईले प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारीलाई वुझाईएको थियो । सो अवसरमा धनकुटा जिल्लामा राहत वितरणमा राजनैतिक पूर्वग्रह राखिएकोले अव राहत वितरण प्रणालीलाई निष्पक्ष बनाई पाउनु पर्ने सवै धनकुटा जिल्लावासीहरुलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरिएको पार्टीका जिल्ला कोषाध्यक्ष दिनेश राईले वताउनु भयो ।

लक डाउनको कारण दिन प्रतिनि उद्योग,व्यापार तथा पर्यटन क्षेत्र अस्त व्यस्त भै चरम आर्थिक संकट हुदै गएकोले माप दण्ड निर्माण गरी सुरक्षित तवरले उद्योग,व्यापार र व्यावसाय सञ्चालन गर्ने वातावरण बनाउन र भारत लगायत विभिन्न देशमा रोजगारका लागि गएका यूवाहरु फर्कने क्रम तिव्र भएकोले स्थानीय स्तरमै रोजगार तथा स्वरोजगारका लागि गुणस्तरीय मल विउ लगायतका समाग्री अनुदानको रुपमा वितरण गर्न पनि माग गरिएको पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्यले वताउनु भयो ।

त्यस्तै फ्रन्ट लाईनमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालक, सफाईकर्मी, राष्टसेवक कर्मचारीहरुलाई पि पि ई लगायतका स्वास्थ्य समाग्रीहरु तत्काल उपलब्ध गराउन भनिएको पूर्व जिल्ला सहसचिव राजन पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here