•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल भगवती स्थानमा आज साझ ७ बजे ट्रकले स्कुटी चालकलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएको छ।

नयांपाटीबाट जोरपाटी तर्फ आउँदै गरेको ना ६ ख ६३९० नम्बरको  भैंसी बोक्ने ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा ६ प २२ ६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते हुने सोलुखुम्बु , महाकुलुङ गाउँपालिका ५ गुदेल हाल गोकर्णेश्वर नगरपालिकाको भगवाती स्थानमा बस्ने २४ वर्षका विशन राईको खुट्टामा गम्भीर चोट लागेको हुँदा उनलाई उपचारको लागि बीर हस्पीटलमा लगिएको  छ भने स्थिति तनाबग्रस्त हुँदा प्रहरी तैनाथ गरिएको छ। आक्रोशित भिडले  ट्रक चालक लाइ कारवाहीको माग गरेका छन । समयमा नै गोकर्ण प्रभागका  प्रहरी परिचालन हुँदा थप घटना भने हुन पाएन ।

ट्रक र ट्रक चालक अहिले महानगरीय प्रहरी प्रभाग गोकर्णको नियन्त्रणमा रहेको र सो घटनाको आवश्यक अनुसन्धान भैइरहेको महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बाशुदेव थापाले बताए  ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here