•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा असार ३।मानवी मोक्तान/धनकुटानगरपालिका र यूएनडिपि को आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगरको ४२ घरधुरीकिसानलाई होम वायो ग्यास प्रविधि वितरण गरेको छ ।

धनकुटानगरपालिकामा नमुना गाँउ बनाउनका लागि स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भइरहेको छ । सोहि कार्यक्रम अन्तरगत कार्वन उत्सर्जन कम गरि वातवरण जोगाई नमुना गाँउ निर्माणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरी ग्यास उत्पादन गर्न मिल्ने सजिलो प्रबिधि होम वायो ग्यास प्रबिधि २० लाख बराबरको ९५ प्रतिशत अनुदानमा ४२ वटा होमवायो ग्यास वितरण गरेको नगर प्रमुख चिन्तन तामाङ ले बताउनु भयो । किसानको भने ५ प्रतिशत लगानी रहेको छ । नमुना गाँउ बनाउने अभियानका साथ एक करोड १५ लाख बराबरको स्मार्टभिलेज कार्यक्रम सञ्चालन भइरहेको छ ।

होम वायो ग्यासको प्रयोगबाट किसानलाई दोहोरो फाइदा पुगेको छ । धनकुटानगरपालिका वडा नं १० का कृषक खड्ग बहादुर भट्राइले पनि नगरको अनुदानमा वायो ग्यास प्रविधि प्रयोग गरिरहेको छ । खड्ग बहादुरका अनुसार परम्परागत गोबर ग्यास भन्दा वायो ग्यास चलाउनका लागि झन्जटिलो नरहेको बताए “उनले भने यसकारण सहज छ कि परम्मपरागत गोबर ग्यास बनाउन धेरै खर्चिलो र गोबर धेरै घाम लाग्ने ठाँमा मात्र राम्रो संग बल्थे भने यस होम वायो ग्यासमा कुहने फोहोर मैला लगाउन मिल्ने र एक बाल्टि गोबर घोलेको पानी दिनमा एक पल्ट लगाएमा मज्जाले बल्ने गरेका ले पनि यो प्रबिधि चालाउन सजिलो भएको बताए ।

साथै एल्पि ग्यास किन्निे , दाउरा किन्ने खर्च बचत भएको र वरिपरि वनजंगल नहुने किसानले दाउरा किनेर दैनिकि चलाइ रहेका थिए भने त्यो समस्या टरेको कृषक भट्राइको भनाइ छ । वायो ग्यास बाट निस्किए को प्राङगरिक मल बालिमा मज्जाले लाग्ने भएकाले बालि पनि सप्रेको र गाइ बस्तुको गोबर व्यवस्थापन गरी गुणस्तरिय मल बनाउन अन्य विधि अपनाइ रहनु पर्ने समस्या समेत समाधान भएको उनले बताए ।
त्यस्तै गरि वडा नं १ का कृषक विना तामाङ ले पनि वायो ग्यास प्रविधि पाउदा खुसी व्यक्त गरेकाछन् । वायो ग्यास मा खान पकाउन थाले पछि समयको बचत भएको र खाना बसालेर अरुकाम गर्ने समय मिलेको उनी बताउछिन । घरमा भान्सामा निस्कियका कुइहिने फोहोर र तेतिकै खेर गइरहेको गोबर पनि पनि व्यवस्थापनभएको बताइन ।
त्यस्तै गरी अर्का कृषक सान्ता घिमिरे ले पनि अहिले गाँउ घरमा पनि एल्पि ग्यास प्रयोग बढ्न थालिसकिएको अवस्थामा एल्पि ग्यास भर्न बजारमा सिलिन्डर बोकेर जानु पर्ने कहिले काहि ग्यास नपाउने समस्या भइरहन्थ्यो भने वायो ग्यास आएपछि तेस्ता समस्या हटेको पैसा बचत भएको किसानलाई एक दुइ पैसा बचत हुदानि धैरै राम्रो फाइदा पुगेको र अनि हामि झन महिलाहरुलाई घरको घर धन्दा लगायत खाना बनाएर अरु काम पनि भ्याउनु पर्ने हुन्छ ,समयको बचत भयो धुवाँमा बस्नु परेन स्वास्थलाइनि राम्रो भयो धेरैकुराको फाइदा मिलेको बताइन । त्यस्तै गरी अर्का कृषक लाखमान घिसिङ ले पनि वायो ग्यास प्रविधि खेर गइरहेको गोबर ,कुहिने फोहोर व्यवस्थापन गरी ग्यास र प्राङगरिक मल दुइ तर्फ किसान लाई प्रयोग गर्न सजिलो भएको बताए ।

वायो ग्यास माथिल्लो भेगमा पनि सहजरुपमा चलाउन सकिन्ने , परम्परागत गोबर ग्यास भन्दा सस्तो , यो ग्यास बनाउन गोबर मात्र नभएर कुहिने फोहोर मैला चिजहरु पनि लगाउन मिल्ने भएकाले वातवरण अनुकुलन रहेको पर्डेप नेपाल धनकुटाका कार्यक्रम प्रमुख मिन प्रसाद सुबेदिले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here