•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं/ नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपालको पहल र समाज सेवी कृष्ण चालिसेको सहयोगमा खाद्यान्न सहयोग गरेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउन लकडाउन खुकुलो भए पनि आम नागरिकको दैनिक जीवन सामान्य बन्न सकिरहेको छैन । त्यस्तो अवस्थामा सामुदायिक समाज बिकास सस्थाकी अध्यक्ष सिमा केसी लाई ७ बोर चामल हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रबक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याल ,समाज सेवी कृष्ण कुमार चालिसे , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, सामुदायिक समाज बिकास सस्थाकी अध्यक्ष सिमा केसी का साथै  पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here