• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकटे क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई नगरपालिकाले मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन सहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको छ । 

परम्परागत कृषि खेती प्रणालीले श्रम बढी र उत्पादन कम हुने भएकाले कृषकहरुको आयआर्जनमा बृद्धि गर्दै आधुनिक खेतीतर्फ उन्मुख गराउन अहिले स्थानीय तहहरुले कृषकहरुलाई अत्याधुनिक मेसिनहरु खरिद गरेर वितरण गर्दै आएका छन् । सोही क्रममा नगरपालिकाले यसै चालु आर्थिक वर्षमा १२ वटा मिनी टिलर केही दिन भित्रमा वितरण गर्ने कार्यक्रम रहेको पनि नगर प्रमुख नेपालले बताउनु भयो ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here