• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं ।धनकुटाको चौबिसे गाउँपालिकाले आधुनिक तरकारी खेतीलाई विस्तार गर्दै लैजाने उद्देश्यले कृषकहरुलाई प्लाष्टिकको टनेल ५० प्रतिशत मुल्य अनुदानमा वितरण गरेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल खरिद गरी कृषक समुह र व्यक्तिगत फर्महरुले माग गरेको आधारमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो । चौबिसे गाउँपालिका तरकारीको पकेट क्षेत्र विस्तार गर्दै कृषकहरुको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार ५ वटा कृषक समुह र ३ वटा व्यक्तिगत फर्महरुलाई ३५ वटा प्लाष्टिकको टनेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त प्लाष्टिकको टनेल कृषकहरुलाई गाउँपालिकामा नै सहभागी गराएर गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले हस्तान्तरण गरेका थिए । गाउँपालिकाले आगामी आर्थिक वर्ष पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ ।

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here