• 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

धनकुटा,

धनकुटा नगरपालिका वडा नं.५ स्थित् भखरै निमार्ण कार्य समपन्न गरेको तिन सय ७० मिटर पक्कि सडक सोमवार समुद्धघाटन गरिएको छ । शसस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेडक्वाटर छिन्ताङको मुलगेट देखी कर्मिटारसम्मको यो सडक  १ नम्वर प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको ४५ लाख आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको हो ।

पक्कि सडकको एक समारोहको विच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रजिअ केशव प्रसाद विमली, उप–प्रमुख शकुन्तला वस्नतेले संयुक्त रुपमा रिवन काटेर समुद्धघाटन गरेका हुन् । सडक समुद्धघाटनको अवसरमा वोल्दै नगर प्रमुख तामाङले देश जनताको सुरक्षाको जिम्मेवारी लिएको सुरक्षा नियकायका प्रमुखहरुले विकास निर्माणको काममा लागी परेको भन्दै सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म धनकुटाका सकलदर्जाका अधिकृत तथा जवानहरुको प्रशंसा गर्नु भएको थियोे । छिन्ताङ्ग गुल्म मुलगेट देखी कर्मिटार सडक निर्माण उपभोक्ता समितिको तर्फबाट सडक निर्माण गरिएको भए पनि शसस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मले सडक निर्माण कार्यमा ठूलो सहयोग गरेको भन्दै प्रमुख तामाङले धन्यवादु दिनु भयो ।

नगर प्रमुख तामाङले सडक निर्माणको विषयमा अघिल्लो वर्ष विवाद देखिएको भए पनि यो वर्ष सहमतीमा काम भएको भन्दै उपभोक्ता समितिको पदाधिकारी, सदस्य एवं स्थानियवासीलाई धन्यवाद् दिएका थिए । नगरपालिकाले शसस्त्र प्रहरी बलको क्याम भित्र खानेपानीको ट्याङ्गकी निर्माण गर्न अघिल्लो आर्थिक वर्षमा ८ लाख रुपयाँ सहयोग गरेर ट्याङ्गकी निर्माण गरेकोबताउनु भयो । सो अवसरमा वोल्दै कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले दिगो विकासको लागी भरपर्दो निर्माण हुनु पर्नेमा जोड दिए । उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न भएको ३ सय ७० मिटर पक्कि सडक गुणस्तरिय ढंगले निर्माण गरेर सम्पन्न गरेको आफुले पाएको बताउनु भयो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न सडक उद्धघाटन समारोहमा उपभोक्ता समितिका सचिव पिर्थसिंह दाहालले सडक निर्माण कार्यको प्रतिवेदन प्रश्तुत् गरेका थिए । सो अवसरमा उहाले प्रदेश सरकारको ४५ लाख र उपभोक्ता समितिको ४ लाख, ६४ हजार, ८ सय ६४ रुपयाँको लागतमा ३ सय ७० मिटर लामो र ६ मिटर चौडा भएको पक्कि सडकको निर्माण कार्य सम्पन्न भएको वताए । उनले कोरोना भाईरसको कारण लकडाउन हुँदा सडक निर्माण कार्यलाई वाधा पु¥याए पनि शसस्त्र प्रहरी बलको हौसला र सहयोगको कारण समय मै निर्माण कार्य सम्पन्न गर्न आफुहरु सफल भएको बताउनु भयो ।

सो अवसरमा धनकुटा नगरका उप–प्रमुख शकुन्तला वस्नेत, वरखगण सल्लेरी व्यारेकका गणपती भगवान थापा मगर, जिल्ला प्रहरी प्रमुख गोविन्द अधिकारी, शसस्त्र प्रहरी बल प्रमुख सचिन कर्मचार्य, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन उपभोक्ता समितिका सदस्य गोविन्द मैनालीले गरेका थिए । सो अवसरमा शसस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मको मुल सडक जाने नव निर्मित पक्कि सडकको वाँया किनारमा वृक्षरोपण समेत गरिएको थियो ।

  • 30
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here