• 5.9K
  •  
  •  
  •  
  •  
  •  
  •  
    5.9K
    Shares

दोलखा श्रावण १५ ।दोलखाको मेलुंग गाउपालिकाको ६४ नेपाली कांग्रेस को नेता तथा कार्यकर्ताले कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको छ।

नेपाली कांग्रेस परित्याग गरि नेकपा मा प्रवेश हुने नेता तथा कार्यकर्ता लाइ नेकपा ले एक कार्यक्रम आयोजन गरि प्रवेश गरेको छ। नेपाली कांग्रेस परित्याग गरि प्रवेश हुनेमा मेलुंग गाउ पालिका वार्ड न ७ को कुमार योगी,निरोज योगी,हरि योगी,दुर्गा मगर,मोहन थामी लगायत ६४ जना प्रवेश भएको छ् ।पार्टी प्रवेश नेता तथा कार्यकर्ताहरुलाई  नेकपा दोलखाको अध्यक्ष इश्वर चन्द्र पोख्रेल लगायत का जिल्ला स्तरिय नेताहरुले स्वागत गरेको छ। कार्यक्रम मा अध्यक्ष इश्वर चन्द्र पोख्रेल ले नब प्रवेशी सबैलाई लाइ धन्यबाद दिनु हुदै उहाहरु लाइ उच्च सम्मान गर्ने बताउनु भएको छ ।साथै उहाले मेलुंग गाउपलिकामा विकास निर्माण को कार्यलाई समेत  तिब्र गर्नुपर्ने बताएको छ ।

तेसै गरि नेकपा दोलखा सचिबालय सदस्य तथा मेलुंग गाउपलिका इन्चार्ज रबिन्द्र कार्की ले अबो मेलुंग गाउपालिकामा नेपाली कांग्रेस बिलय हुने अवस्था देखने र नेकपा नया उचाई सहित अगाडी बढ्ने प्रेरणा मिलेको बताउनु भयो।  नबप्रवेशी नेता कुमार योगी र निरोज योगी ले नेपाली कांग्रेस मा रही कुनै पनि सम्भाबन नरहेको र कुनै पनि विकास र सम्ब्रिद्द को असम्भाबना देखिएको ले कांग्रेस पार्टी छोडी नेकपा प्रवेश भएको बताउनु भयो।

पार्टी प्रवेश कार्यक्रम मा नेकपा जिल्ला सचिबालय सदस्य यबम प्रचार बिभाग प्रमुख  लक्ष्मण खड्का,जिल्ला सचिबालय सदस्य कृष्ण बहादुर कार्की ,जिल्ला कमिटि सदस्य हरु बैकुण्ठ भण्डारी ,केसब प्रसाद चौलागाई ,गायत्री आचार्य दोलखा को नेता तथा जिल्ला समन्य सदस्य  बिदुर शर्मा राष्ट्रिय युबा संघ दोलखा का संयोजक धिरज सुबेदी ,सहसंयोजक नबराज अर्याल ,नेकपा मेलुंग गउपालिका कमिटि सचिबालय सदस्य एबम वार्ड न ७ को अध्यक्ष नबराज खड्का मेलुंग गाउपलिका को युबा नेता सज्जन लामा ,लोप्साङ लामा लगाएत को उपस्थिति थियो। कार्यक्रमलाइ  मेलुंग गाउपालिका पार्टी कमिटि सदस्य कृष्ण बहादुर योगीले स्वागत मन्तब्य गर्नु भएको थियो भने वार्ड न ७ को  वडा कमिटिको अध्यक्ष बासुदेव खड्का को अध्यक्षता मा सम्पन्न भएको थियो।

  • 5.9K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here