• 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

धनकुटा
विभिन्न पाटी परित्याग गरि धनकुटाको चौविसे र सागुरीगढी गाउँपालिकाको ३२ जना व्यक्ति नेपाल कम्युनिष्ट पाटी नेकपा मा प्रवेश गरेका छन् । चौविसे गाउँपालिका स्थित नेकपा पाटी कार्यलयमा  एक कार्यक्रमको वीच प्रतिनीधि सभा संषद राजेन्द्र कुमार राईले उनिहरुलाई नेकपा मा स्वागत गर्नु भएको छ ।

चौविसे गाउँपालिकाका नेकपा पाटी अध्यक्ष ईन्द्र खत्री को अध्यक्षता तथा प्रतिनीधि सभा संषद राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नेपाली कांग्रेस र जनता समाजवादी पाटी परित्याग गरि पूर्ण खजुम,शोभा थेगिम,आकाश देवान,अर्जुन लिम्वु,मनिका चोम्जोङ,खड्ग वहादुर तामाङ,सगुन तामाङ र मनोज लिम्वु लगायत ३२ जना नेकपामा प्रवेश गरेको पार्टीका चौविसे गाउँपालिका प्रचार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य गाउँ पाटी सचिवालय सदस्य भरत गिरिले राख्नुभएको थियो भने सञ्चालन सचिव राज कुमार चेम्जोङले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई,पाटीका प्रदेश कमिटी सदस्य टिकाराम चेम्जोङ, जिल्ला सचिव ऋषिराम ढुङ्गाना, चौविसे गाउँपालिका पाटी ईञ्चार्ज नैना रुचाल लगायतको उपस्थिती थियो ।

  • 1K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here