• 102
  •  
  •  
  •  
  •  
  •  
  •  
    102
    Shares

मानवी मोक्तान,धनकुटा भदौ ३ ।धनकुटाको सहिदभूमि गाँउपालिकाले खालिरहेको बाजोजमिन सदुपयोग गरी किसानको दिगोरूपमा आयउपार्जनकाे बाटो सिर्जना गर्नकालागि फलफूलको विरुवा वृक्षारोपण गरिएको छ ।

संयूक्तराष्ट्र संघ (यूएन डिपि) , सहिदभूमि गाउँपालिका र पर्डेपनेपाल धनकुटाको संयूक्त पहलमा एवोकाडो र आँपको १ हजार विरुवा गाँपालिकाको साढे ३ सय रोपनिमा वृक्षारोपण गरिएको हो । वृक्षा रोपण अन्तरगत गाउपालिकाको वडा नं ६ थलथलेमा रहेको खालि सार्वजनिक जग्गा डेसय रोपनिमा ५ सय वोट एवोकाडो को विरुवा रोपिएको छ भने त्यस्तै गरी वडा नं १ को गोपालपुर विडिटोलमा रहेको सार्वजनिक जग्गा २ सय रोपनिमा ५ सय वोट आँपको विरुवा गरी जम्मा साढे ५ लाखबराबरको विरुवा वृक्षारोपण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदिले बताउनु भयो ।

सहिदभूमि गाँउपालिकाको कार्यक्रम, संयूक्तराष्ट्र संघ (यूएन डिपि) को सहयोग तथा पर्डेपनेपालको समन्वयमा गाँउपालिकाकामा खालि रहेको कुनै पनि बोटविरुवा नरहेको जग्गा छनोट गरेर फलफूलको विरुवा विस्व वातवरण दिवसको अवसर पारेर कार्यक्रम अगाडि बढाएको सहिदभूमि गाँउपालिका अध्यक्ष मनोज राइले बताउनु भयो । आफुहरुले यो कार्यक्रम विस्वमा जलवायू परिवर्तनका कारण बाट विस्वको वतावरणमा प्रभाप परिरहेकाले विस्वको वातवरणिय संरक्षणका निमित्त समस्या उत्पन्न भइरहेको अवस्थामा यो वृक्षारोपणले वातवरण सन्तुलन कायम राख्न सहयोग पु¥याउने उद्धेश्यका साथ वृक्षारोपण गरिएको उहाँले बताउनु भयो । त्यस्तै गरी सार्वजनिक जग्गामा रोपिएको आँप र एवोकाड को विरुवा संरक्षण तथा हुर्काउने बढाउने र आम्दानीको स्रोत बलियो बनाउनका निमित्त किसानहरुलाई जिम्मा दिने भएकाले यस बाट गरिब किसानहरुको दिगो आयअर्जनकालागि नियमित गतिलो आम्दानिको स्रोत हुने उहाको भनाइ छ । साथै उहाले दिगो सान्ति र समृद्ध र विकास हुनको लागि आर्थिक रुपान्तरण जरुरत हुने भएकाले यो आर्थिक रुपान्तरणमा टेवा पु¥याइन्नेछ भन्ने लक्ष्यका साथ यो कार्यक्रमलाई सहमती सहकार्यका साथ अगाडि बढाएइको र आगामि दिनमा पनि यस्ता कार्यक्रम निरन्तर अगाडि बढ्ने बताउनु भयो । उक्त फलफूलको विरुवा वृक्षारोपण गरीएकोे फलफूलको विरुवा प्रदेश नं १ का प्रदेश सभा सदस्य निरन राइको उपस्थितिमा एक कार्यक्रमको बिच अवोलोकन गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदीले जानकारी दिनुभयको छ ।

सो फलफूलको विरुवा अवलोकन पछि प्रदेश नं १ का प्रदेश सभा सदस्य निरन राइले वृक्षारोपन कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनु भयो । साथै अहिले को आवशयकता भनेको कृषिक्षेत्रको उत्पादन बढाउनु पर्छ भन्ने हो यही योजनका साथ प्रदेश सरकार र संघिय सरकार लागिरहेको भन्दै स्थानिय तहलेपनि सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बातउनु भयो । त्यस्तै उहाँले सहिदभूमि गाँउपालिकामा सिचाइ सिन्चितबनाउनका लागि प्रदेश सरकार बाट सिचाइको कार्यक्रम सञ्चालन भइरहेको भन्दै वृक्षारोपण कार्यक्रमलाइ पनी सहयोग पु¥याउने बताउनु भयो । साथै उहाले किसान हरुलाई उत्पादनमा जुट्न र उत्पादनमा लाग्न आग्रह गर्नु हुदै किसानले उत्पादन गरिएका कृषि उपजलाई प्रसोधन गर्ने सामाग्री प्रसोधन गर्न चाहिने औद्योघिक क्षेत्रहरु उत्पादनमा आवश्यक पर्ने सामानहरु सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अबलोकन कार्यक्रममा गाउपालिका अधयक्ष मनोज राइ , उपाध्यक्ष रत्नेश्वरी राई लगाएतको उपस्थिति थियो ।

त्यस्तै गरी गाँउपालिकाको वडा नं ६ का किसान पदम भण्डारी ले लगाइएको विरुवा संरक्षण गर्न आवशयक रहेको भन्दै आफुहरु संरक्षणमा जुटिरहेको र विरुवा हुर्के र हरियालि बनेपछि वातवरणमा सकारात्मक प्रभाव पार्छभन्ने आसा लिएको भन्दै संरक्षण सम्वद्धन पछि किसानलाई आर्थिक सहयोग समेत मिल्ने अपेक्षा लिएको बताउनु भयो । त्यस्तै अर्का कृषक टेक बहादुर राइ पनि विरुवा संरक्षण सम्वद्धनमा लागिरहेको र अन्य किसानहरु पनि कार्यक्रम प्रति खुसीरहेको बताउनु भयो ।

  • 102
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here