• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

मानवी तामाङ

धनकुटा भदौ ४ ।धनकुटाका जिल्लामा थप एक जना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सहिदभूमि गाँउपालिकाको ४५ वर्षिय पूरुष स्वास्थ्यकर्मिीमा कोरोना संक्रमण देखिएको हो ।

गाँउपालिका बाट १६ जनाको स्वाब संकलन गरी भदौ १ गते पीसीआर परिक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको थियो । परिक्षणमा १६ जना मध्य १५ जनाको नेगेटिभ र १ जनाको पोजिटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसि प्रसाद गुरागाइले बताउनु भयो । यो संगै धनकुटामा कोरोना संक्रमित संख्या १८ पुगेको छ । संक्रमितलाई उपचार का लागि मोरङ गोठगाँउस्थित कोरोना अस्पताल पठाएको गाउँपालिका अध्यक्ष मनाेज राईले बताउनु भयो । हालसम्म १६ जना निको भएर अस्पतालबाट घर फर्किसकेकाछन् भने एक जना मोरङ गोठगाँउस्थित कोरोना अस्पतालमा उपचरात रहेको छ । यस अघि पनि धनकुटा जिल्लामा स्वास्थ्यकर्मी कोरोना संक्रमण देखिएको थियो उनिहरु निको भएर घरफर्किसकेछन् ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछि सहिदभूमि गाँउपालिकाले उच्च सर्तकता अपनाउदै मुख्य बजार क्षेत्रलाई सिलगरेको छ । आज बाट संक्रिमतको प्रत्यक्ष संम्पर्कमा पुगेका व्यक्तिहरुको स्वाब संकलन गरी स्वाब परीक्षण रिपोर्ट नआउन्जेल सम्मकालागि थलथले बजार देखि पिप्लेसम्म सिल गरीएको गाँपालिकाकाे अध्यक्ष मनाेज राईले बताउनु भयाे ।

संक्रमितको प्रत्यक्ष संम्पर्कमा पुगेकाहरुको भोलिदेखि स्वाब संकलन थालिने नासु सारादा प्रसाद धमलाले बताउनु भयो ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here