• 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

५ भदौ ,धनकुटा। गएका वर्षहरुमा तीजको दिन दर्शनार्थीले भरिभराउ हुने  धनकुटा हिलेका धार्मिक पर्यटकीय स्थलहरु यो वर्ष सुनसान जस्तै भएको छ ।

कोरोना माहामारीको कारण यस वर्ष हिलेको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा गत वर्षहरुको तुलनामा अत्यान्त न्यून मात्रमा मात्र दर्शनार्थीहरु आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिंह तितुङले वताउनुभयो । गत वर्षहरुमा यो मन्दिरमा हिले सहित आसपासका विभिन्न स्थानका हजारौ दर्शनार्थीहरु पूजाआराधनाका लागि आउने गरेका थिए । तर यसपालि कोरोना संक्रमण विश्वव्यापी रुपमा फैलिएकोले यसको संक्रमणबाट शर्तक रहन पनि धार्मिक स्थलहरुमा दर्शनार्थीहरुको उपस्थिती कम भएको हो । कोरोना संक्रमणको त्रास वढेपछि महिला दिदीवहिनीहरुले यो वर्ष घर मै वसी परिवार सँग खुशी बाँड्दै तीज मनाएकाछन् ।

त्यस्तै गरि पाख्रीवास तिर पनि घर घर मै वसी परिवास सँग रमाईलो गरि तीज मनाईएको स्थानियले वताएकाछन् । यहाँको शिवालय मन्दिरमा पनि दर्शनार्थीको उपस्थिती सामान्य रहेको थियो ।

  • 30
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here