•  
  •  
  •  
  •  
  •  
  •  
  •  

भाद्र ५ धनकुटा ।धनकुटाका ७६ जनाको नमुना संकलन गरि कोरोना जाँचका लागि धरान पठाइृएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

साँगुरीगढीका २४ पाख्रिवास नगरपालिकाका ४ र शहिदभूमी गाउँपालिकाका कन्ट्याक्ट् ट्रेसिङका ४८ जनाको नमुना संकलन गरि धरान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उनिहरुको नतिजा पर्सी सम्ममा आउने सम्भावना रहेको उहाँको भनाई छ । आज सम्मको जम्मा परिक्षण गरिएको १ हजार ४ सय २ जना रहेको मध्ये .१८ जनाको पोजेटिभ र १ हजार २ सय ५० जनाको नतिजा नेगेटिभ आएको छ ।

१ सय ३४ जनाको रिपोर्ट आउन बाकी रहेको र सकृय संक्रमित १ जनाको विराटनगर कोभिड अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । आज चौविसे गाउँपालिकाको ३१ जनाको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here