• 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

मानवी मोक्तान
धनकुटा ,

कोरोना महामारीको समयमा पनि धनकुटाको शहिदभूमि गाउँपालिका बाट यो सिजनमा ७२ मेट्रिकटन टमाटर वाह्य स्थानमा निर्यात गर्न सफल भएको छ । याँहा कृषकहरुले सामाजीक दुरी कायम गर्दै यस वर्ष गाउँपालिकामा ३ सय हेक्टरमा टमाटर खेती गरिएको गाउँपालिकाको कृषी प्राविधिक खिर प्रसाद राईले जानकारी दिएको छ ।
यही सिजनमा गाउँ पालिकाबाट ७२ मेट्रिकटन टमाटर वाह्य स्थानमा निर्यात भएको कृषी प्राविधिक खिर प्रसाद राईले  बताउनुभयो ।

गत वर्ष यो गाउँपालिका वाट २० करोड वरावरको टमाटर वाह्य जिल्लामा निर्यात भएको थियो । यो वर्ष पनि टमाटर खेती वाट उत्ति नै आम्दानी हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो । दिनमा गाउँपालिका बाट १० देखि १२ ट्रयाक्टर र सब्जि गाडिमा टमाटर निर्यात भइरहेको अध्यक्ष मनोज राइले बताउनु भयो। कोरोना बाट बच्न लगाइएको लकडाउन र निषेधज्ञा को समयमा केही असहजता आए पनि तरकारीजन्य वस्तुको निर्यातमा कुनै रोकतोक नभएका कारण किसानले सामाजिक दुरी कायम गर्दै आफुले उत्पादन गरेका कृषि उपज विक्रिवितरण गरीरहेको अध्यक्ष मनोज राइको भनाइ छ । सोहि गाँउपालिकाको किसान नगेन्द्र राईले टमाटर खेतीवाट यो सिजनमा ४ लाख वढी आम्दानी लिएका छन् ।

विगत ५ ,६ वर्ष अघि देखी व्यवसायीक रुपमा टमाटर खेती गदेै आएका राइले ८ हजार किलो टमाटर वेचेर ४ लाख वढी आर्थिक आम्दानी लिएको छ । उनले ५० रोपनी जग्गामा यो खेती लगाएको छ । किसान नगेन्द्रका अनुसार असार १५ बाट टिप्न शूरु गरेर कार्तिक महिना सम्म टमाटर टिप्पन सकिन्छ । उहाँले ४, देखि ५ दिनको अन्तरमा पाको एक हजार भन्दा बढि टमाटार उत्पादन गरिरहेको बताउनु भयो । उहाँले कार्तिक सम्म यो सिजनको टमाटर झण्डै २० मेट्रिकटन वेच्न सकिने बताउनु भयो । अहिले गाँउपालिका बाट केजिको ५० रुपैयाले व्यपारीले टमाटर लिइरहेको किसानहरुले बताउनु भयो । यहाँ उत्पादित कृषी जन्य सामाग्री धनकुटाको हिले,मुलघाट, गुठीटार लगायतका स्थान हुँदै अन्यत्र निर्यात गर्ने गरिएको छ ।

  • 30
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here