•  
  •  
  •  
  •  
  •  
  •  
  •  

भाद्र ६ धनकुटा ।धनकुटाको विभिन्न स्थानिय तहबाट कोरोना जाँचका लागि नमूना संकलन गरि पठाईएका मध्ये ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

छथर जोरपाटी गाउँपालिकाका ११ जना, धनकुटा नगरपालिकाका ४७ मध्ये ४१ जना र पाख्रीवास नगरपालिकाका ४ जनाको पिसिआर रिपोर्ट आज नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । अव धनकुटा नगरपालिकाको ६ जना, शहिदभूमी गाउँपालिकाका ४८ जना, साँगुरीगढिका २४ जना र महालक्ष्मी नगरपालिका वाट आजै नमूना संकलन गरि पठाईएको १४ जना सहित जम्मा ९२ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

बाँकी सवै जनाकोे रिपोर्ट भोलि सम्म आउने अपेक्षा गरिएको उहाँले वताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here