•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ,

लकडाउनको मौका छोपेर तराईको विभिन्न बजारहरुबाट धनकुटा लगायत कोशी पहाडी जिल्लाहरुमा सामान विक्रि गर्न आउने व्यापारीहरुबाट भेडेटार प्रहरीले नगद अशुल्ने गरेको रहश्य खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा स्थानिय पत्रकारहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु विच कोरोना भाइरसका कारण पछिल्लो समयमा जारी लकडाउनको प्रभावको विषयमा भएको छलफल कार्यक्रममा यस्तो रहश्य खुलेको हो । छलफलमा स्थानिय पत्रकारहरुले लामो समय देखी भैरहेको लकडाउनको कारण जिल्लामा देखिएका प्रभाव र उत्पन्न समश्याहरुको बारेमा सुरक्षा निकायका प्रमुखहरुलाई जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अगुवाईमा पत्रकारहरु भेटघाट तथा छलफलमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पुर्व अध्यक्ष मोहन वान्तावाले लकडाउनको अवधीमा भेडेटार प्रहरीले तराईका जिल्लाहरुबाट सामान विक्रि गर्न आउने सवारी साधनहरु र व्यापारीबाट रकम असुुल्ने गरेको बताउनु भयो । वान्तावाले तराईका जिल्लाबाट धनकुटा, हिले लगायत पहाडी जिल्लामा लुकिछिपी स्वास्थ्य सामाग्री ल्याएको भन्दै महँगो दाममा अन्य सामाग्री विक्रि गर्न ल्याउने क्रममा प्रहरीले नगद असुल्ने गरेको जानकारी गराएका थिए । उहँ ले तराईका जिल्लाहरुबाट विहानी पख भागेर आउने र भेडेटारबाट प्रहरीको मिलेमतोमा धनकुटा प्रवेश गरेर पहाडी वजारमा छिर्ने गरेको कारण कोरना भाईरस समेत फैलने खतरा वढेको दावी गरका थिए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले जिल्ला सदरमुकाम धनकुटामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई शुक्रवार तराई झर्न नदिन प्रजिअ केशव प्रसाद विमलीलाई आग्रह गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले धनकुटामा कार्यरत कर्मचारीहरु हरेक शुक्रवार तराईमा आफ्नो घर झर्ने र आईतवार विहान धनकुटा आउने क्रमले कोरोना भाईरसको संक्रमण धनकुटामा वढ्ने खतरा भएकाले तत्काल रोक्न आग्रह गरेका हुन् । शहिदभुमी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य जाँच गर्दा न्यूनतम् स्वास्थ्य सुरक्षा सामाग्री नलगाई लापार्वाहीपुर्ण तरिकाले काम गर्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए । उहाँले स्वास्थ्य सुरक्षा सामाग्री पिपिइ लगाएर मात्र काम गर्न निर्देशन दिन प्रजिअ विमलीलाई आग्रह समेत गर्नु भयको थियो ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले वोल्नु हुदै सरकारी कामको शिलसिलामा कर्मचारी अन्य जिल्लामा जाने वाहेक अन्य काममा जान पुर्ण रुपमा रोकेको बताउनु भयो । अधिकांश धनकुटामा कार्यरत कर्मचारीको घर तराईको जिल्लाहरुमा भएकाले शुक्रवार घर जाने गरेका हुन तर अव आईतवार आउँदा अनिवार्य क्वारेन्टाईनमा वस्नु पर्ने प्रजिअ विमलीले बताउनु भया । उहाँले पहिलो कुरो पास वन्द गरिएको हुँदा कर्मचारीले आफ्नो परिचय पत्र देखाएर जिल्ला भित्र काम विशेषले हिडडुल गर्न पाउने तर लकडाउनको अवधीमा भेडेटार काट्न नपाउने वताएका छन् । सो अवसरमा वरखगण सल्लेरी व्यारेकका गणपती भगवान थापा मगरले कोरोना लागेकालाई समुदायबाट वहिस्कार गर्ने परिपाटी विकास हुँदै आएकाले त्यसो गर्न नहुने भन्दै पत्रकारहरुलाई भुमिका खेलीदिन आग्रह गरेका थिए । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले आफु मातहतका शहिदभुमी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षा सामाग्री लगाएरै काम गरिहेको दावी गरे । तर एक जना स्वास्थ्यकर्मीले भने पिसिआर परिक्षण गर्नु पर्छ भन्दा नमानेको र स्थानियले जर्वजस्ती गर्नु पर्छ भनेर दवाव् दिएपछि मात्र पिसिआर गर्न मानेको भने स्वीकारे । पछि तिनै स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएकाले सो क्षेत्रका जनप्रतिनिधि लगायतलाई कन्ट्रयाक्ट्रेसिङ्गका आधारमा ५८ जनाको पिसिआर टेष्ट गर्दा सवै जनाको नेगेटिभ आएको गुरागाईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here