•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ।

निषेधाज्ञाको समयमा यसअघि दिनमा दुई पटक खुल्ला गरिदै आएका धनकुटाका दैनिक उपभोग्य सामाग्रीका पसलहरु अव दिनको एक पटक मात्र खोल्न पाईने भएको छ । जिल्लाको समूदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएपछि यसलाई थप फैलन नदिन आज राती १२ बजे देखी १७ गते राती १२ बजे सम्म निशेधाज्ञालाई थप कडा बनाउने निर्णय भएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् डिसीसीएमसी का अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा वसेको बैठकले कोरोना संक्रमितको पिसिआर नमूनाको रिर्पोट नआए सम्म तीन दिन जिल्लाभरी नै निषेधाज्ञ कडा बनाई लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।

धनकुटा जिल्लामा दुई हप्ता अघि देखी निषेधज्ञा जारी गरिएकोमा आज वसेको सिसिएमसि को वैठकले १७ गते सम्म अव दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीका पसल विहान ७ बजे देखी १० बजे सम्म एक पटक मात्र खुल्ला गर्ने निर्णय गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो । निषेधाज्ञाको अवधिभर बैंक तथा वितिय संस्थाहरुले अनलाईनबाट मात्र काम गर्ने,सकारी कार्यालयहरुले पनि भरसक अनलाईबाट मात्र सेवा प्रवाह गर्ने, अनलाईबाट नभए मात्र अत्यावाश्यक सेवा कार्यालयबाट प्रदान गर्ने, यातयातका साधनह सञ्चालन पूर्ण रुपमा बन्द गर्ने र अत्यावाश्यक काम वाहेक हिडडुल गर्न समेत नदिने निर्णय भएको जिल्ला प्रशान कार्यालय धनकुटाका नासु रत्न दर्लामीले वताउनु भएको छ । यसअघि निशेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य सामाग्रीका पसलहरु विहान र साँझ दुई पटक खोल्दै आईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here