• 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares
धुर्व एलयक्स पौडेल
कविता
एउटा जवान
एक ठेकी मह दिएर
इन्स्पेक्टर साहेबको जुत्ता पालिस गर्दै छ
ए …डि. एस. पी. साप
यो उस्को चाप्लुसी हो
या कर्तव्य भित्रै पर्छ यो काम
कि हवलदार बन्न यति गर्नैपर्छ
कृपया भन्दिनुस न ।
एउटा शिक्षक
एक कप चिया खुवाएर
हेडसरको कानमा स्याउस्याउ – स्याउस्याउ गर्दै
कसको कुरा काटेको होला त्यसरी
कानैमा मुख जोडेर
पाँच मिनेटसम्म भका नभका कुरा लायो
ए शिक्षाका अधिकारी हो
त्यो शिक्षक ऊ—त्यहि हो
जसको कारण
स्कुलमा जहिल्यै मनमुटाव हुन्छ
विद्यार्थीहरुपनि
त्यो मास्टर बाहेक सबै सर मिसहरु
मन नपर्ने कुरा गर्न थालेका छन ।
एउटा कट्टर कार्यकर्ता
यताका कुरा उता ,उताका कुरा यता गरेर
हरेक बैठकमा सबैभन्दा पहिला पुगेर
मिलाइरहेको हुन्छ कुर्सी
केहि मान्छेहरुलाई त बोकेरै कुर्सीमा राख्न खोज्छ
फेरि एउटै मान्छेलाई दशपल्ट नमस्ते
गर्न पाए हुन्थ्यो झै गरेर ,ब्यहोरै देखाउछ
कसैले केहि भनेमात्र भने पनि
बाहिर निस्केर क्याच्च फोन थिच्छ
खै कसलाई के भन्छ कुन्नि
एक बचन बोलेर फोन राखिहाल्छ
ए अध्यक्ष ज्युँ
यसरी चाप्लुसी गर्नेहरु
को हुन् ,के के भन्छन ,सार्वजनिक गरिदिनुस न ल ।
एउटा ठेकेदार
अब हामी मीत लाउनुपर्छ भन्दै
हत्तपत्त गोजिमा एक बिटो लाइदिएर
गोडा मोलिदिराखौँ झै गर्छ
टेण्डरमा ठुलो योजना पार्ने
योजना बनाउन पनि कस्तो जानेको
ए योजना बाडफाड विभागका प्रमुख महोदय
हजुरसँग उसको केहिकतै मिल्दैन
त्यहिपनि तपाईलाई उ संगै टाउको ठोक्काउनपर्ने
चाप्लुसी पनि कस्तो गर्न जानेको हौ ।
एउटा गरीब
छोरो बेपत्ता भएको तनाबमा
रिङ्गटा चलेर उभिन नसकेपछि
जहाँ थियो त्यहि बसेर
सधैं मसला ,नुन र भुटुन किन्ने दोकानमा
अलिकति मख्खन उधारोमा माग्दा – माग्दा नपाएपछि
विचराको नौ नाडी गलेर ठाउको ठाँउ भयो
लगत्तै ,दोकानेले लामो फुलिस्केपमा
मिठो सम्बोधन गरेर
एउटा निवेदनमा , पसलको सबै चामल
गाउँलेहरुलाई उधारोमा दिएको खुलस्त पार्दै
दुईचार टिफर चामल पठाइदिन
अनुरोध गर्यो
ए मालिकहरु जति हो
ए दैव ,चाप्लुसी गर्न नजानेर / नसकेर मर्नुपर्ने त
एउटा गरीबले मात्र रहेछ है ।।
धुर्व एलयक्स पौडेल
शिक्षक तथा कवि
पाख्रिबास नगरपालिका
वडा नं ४ धनकुटा ,
  • 67
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here