•  
  •  
  •  
  •  
  •  
  •  
  •  

वर्षो देखि हाम्रो समाजमा लिङ्गका आधारमा महिला र पूरुष बिच विभेद रहँदै आएको छ। विभिन्न समय काल खण्डमा हाम्रो जस्तो समाजमा जरा गाडेर बसेका यी यस्ता कुरिती बिसंगतिहरु पृतिसतात्मक सोच, धार्मिक, साँस्कृतिक, जातीय र आर्थिक रुपमा गरिबीका कारणले गर्दा महिलाहरु शोषित हुदै आएको थियोे । प्राय महिलाहरू यस्ता विभेद पूर्ण समाजको सामना गर्दै आएका हुन र छन् पनि, इतिहास पनि साक्षि छदैछ, हामि सबैले बुझेका छौ पढेका छौ देखेका पनि छौ । समय समयमा हाम्रा आमा दिदिबहिनिहरु अधिकारका लागि लडेका कारणले गर्दा नै अहिले मैले पनि २१ औ शताब्दिको नारि हुँ त्यसैले त् गर्बका साथ भन्न पाएका छौ, बोल्न र आफ्नो कुरा राख्न पाएका पनि छौ । हाम्रो सोच र बिचारको परिवर्तन भएको छ । परिवर्तनले फड्को मारिसकेको अवस्था छ । दशौ शताब्दिको नारि ले जस्तो अन्याय र शोषणमा परेर जिवन विताउनु परेको स्थिति त्यति म देख्दिन ।

तथापि मलाइ चित्त नबुझेको कुरा के भने अहिलेको वर्तमान स्थितिमा महिला र पूरुषको सम्बन्ध, उनिहरु बिचको सोच र बिचार उनिहरुको धराणा,याे भुमण्डलमा चेतनशील प्राणीको रुपमा जन्म लिएको मानिस हाे । घरिघरि दुख लाग्छ चेतनशील प्राणी भित्रकाे आपसी कलह, इर्ष्य, द्वन्द्व देख्दा मानिस भन्दा याे संसारमा कुनै अर्को चेतनसिल प्राणी गर्न सकिदैनन,यस संसारमा देखेका हरेक क्रियाकलापहरु यही प्राणी भित्र फरक लिङ्ग भएका महिला र पुरूषहरु बीच हुन । यहि दुईवटा बिचमा सधैं लिङ्गका अाधारमा र जातीय अाधारमा सधैं विभेद हुने गर्दछ । जब सम्म समाजमा रहेका हरेक नारि र पुरुषले एक अर्का बिना सबै सधै अधुरो अपुरो रहन्छ भन्ने बुज्दैनन तबसम्म यो समाज वर्तमान स्थिति र भविष्यको कहिले पनि सृष्टिकर्ताको रुपमा उदाउन सकिदैन मानब जिबनको गतिलो उदाहरण दिन सकिदैन ।

अहिले महिला र पूरुष विचमा महिलाले पूरुषलाई सर्तु को रुपमा हेर्ने र पूरुषले पनि महिलालाई एउटा सर्तुको रुपमा लिइरहेको देख्छु । किन हो कुन्नि यी दुइ बिचको सम्बन्धको दुरी झन् बढ्दै गइरहेको छ । याहाँ एउटा महिलाले पूरुष लाई गर्ने व्यहार पूरुषले महिलालाई गर्ने व्यवहारले गर्दा व्यक्तिगत ब्यबहरिक, परिवारिक र सामाजिक स्तरमा नै भाडभैलो सिर्जना भइरहेको छ यसको गम्भीर असर भबिस्यमा आउने पुस्ताहरुलाई नराम्रो संग नोक्सान पुर्याउने छ ।

अब भन्नुस महिला र पूरुष बिचको विभेद र लैंगिक असमानता कहिले सम्म ? how is the conflict between men and women ? भन्नत भन्छौ हामि 30th century मानिस हौ । कसरी समताउन्मुख समाजको विकास हुने, झन झन असन्तुलित तथा विभेदकारी समाजको विकास हुन लागेको देख्छु । अहिले एउटा घरपरिवार गाउँ समाज देखि लिएर सामाजिक सञ्जाल भित्र भइरहेको घटिरहेको घट्ना परिघट्नालाई नियाल्दा पूरुषे महिलालाई सकुन्जेल जे गर्दानि हुन्छ र महिलाले पनि पूरुषलाई सकुनजेल जे गर्दानि हुने खालको सामाजिक व्यवहार हेर्ने दृष्टिकोणले गर्दा गाँउ समाजमा जघन्य अपराधका घट्ना देखि लिएर दुवै अन्याय र शोषणमा परिरहेको देख्छु । अब हामिले नसोच्ने हो भने भावि यूवा पुस्ताको भविस्य कस्तो होला ।

चेतनाको दर बढाउनका लागि समातमुलक समाजको विकास र्गाका लागि विचार, सिद्धान्त , अवधरणा दृष्टिकोण र दर्शनको आवश्यकता देखिरहेको छु ।

अब भन्नुस महिला र पूरुष बिचको विभेद र लैंगिक असमानता कहिले सम्म ? how is the conflict between men and women ? भन्नत भन्छौ हामि 30th century मानिस हौ । कसरी समताउन्मुख समाजको विकास हुने, झन झन असन्तुलित तथा विभेदकारी समाजको विकास हुन लागेको देख्छु ।

स्वच्छ र समुन्नत समाज निर्माणका लागि सधै सिद्धान्तले महत्वपूर्ण भूमिका खेल्द छ,मानविय ज्ञानको दायरा फराकिलो बनाँउद छ । ज्ञानको माध्यमबाट शैद्धान्तिक अन्तराललाई पुरा गर्दै समाजको समग्र पक्षको अध्ययन गर्दे लैङ्घिक तथा शैक्षिक वहसहरु समाजमा भए पछि मात्र यस्ता वहसको निरन्तरताले पुनःनयाँ समाजको गठन र पुनरगठन गर्न सक्दछ ।

त्यस्तै महिला वा पूरुषले उसको शरिरको बारेमा के अनुभुति गर्छ कसरी गर्छन त अनि महिला वा पूरुषले आफु कोहो भन्ने धाराणा कसरी बनाउछन् । घरायसी र समुदाय तहका निर्णयहरु महिला पुरुषको,कसले किन र कसरी गरीरहेकाछन् भन्ने विषयमा व्याख्या विश्लेषण हुन जरुरी देखिन्छ । अनी मात्र समाजमा मौलाउदै गइरहेको महिला र पुरुष बिचको जुन विसंगती कुरितीलाई हटाउन सकिन्छ जस्तो लाग्छ । सबै भन्दा त समय अनुसार सोच बिचार परिवर्तन हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here