• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

विराटनगर,
प्रदेश १ प्रमुख सोमनाथ अधिकारी ‘प्यासीले बालदिवसको अवसरमा शुभकामना दिनुहुदै ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार भएकाले बालबालिकाको अधिकारको सुनिश्चितताका लागि सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार संघ÷संस्था, निजी क्षेत्र, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीलाई उहाँले आह्वान गर्नु भएको छ ।
आफ्नो आचरण मार्फत माया, स्नेह, आदर सत्कारसहितको संस्कार, सकरात्मक ज्ञाान सम्प्रेषण गर्नु हुने अभिभावक, परिवार, शिक्षक र समाजलाई बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास र उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिक, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणस्तरीय शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्न हार्दिक आह्वान गर्दछु शुभकामना शन्देश मार्फत प्रदेश १ प्रमुख सोमनाथ अधिकारीद्धरा हस्ताक्षेरित विज्ञप्ति मनर्फत यस्तो भनियको छ ।
बालबालिका माथि हुने गरेका सबै प्रकारका हिंसा, बेचबिखन तथा जघन्य घटना र आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याइ कडा सजाय दिने कार्य सरकारले गर्दै आएको छ । यसमा सबैले आ%आङ्कनो क्षेत्रबाट सहयोग गरिदिनुहुने कुरामा म आशावादी छु । मौलिक हकका रुपमा रहेको बालबालिका सम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको नेपाल सरकारले ‘सडक बालबालिका मुक्त राष्ट्र’ बनाउने उदेश्यका साथ काम गरिरहेको बताउनु भयो ।
विपदमा बालअधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिवद्धता’ भन्ने भावनाका साथ विश्वभरी फैलिरहेको कोरोना भाइरसले बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारिरहेको अवस्थामा महामारीको सामना गर्न र पठनपाठनको यथोचित व्यवस्थापन गरिदिनुहुनका लागि सरोकारवाल सबैलाई आग्रह गर्दछौ ।

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here