• 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

धनकुटा,असोज ६। तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाको मंगलवार सम्पन्न तेश्रो जिल्ला अधिवेशनले चन्द्रमाया घिसिङ्ग तामाङलाई सर्वसम्वत रुपमा चयन गरिएको छ ।

नेपाल तामाङ घेदुङ १ नम्वर प्रदेश समितिका निवर्तमान सचिव एवं धनकुटा नगरपालिका वडा नं.१ हिलेका वडाध्यक्ष निरेन तितुङ तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न संघ तेश्रो जिल्ला अधिवेशन धनकुटाको हिलेमा सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा रमला मोक्तान तामाङ, सचिवमा विवेक तितुङ तामाङ, सह–सचिवमा सोनाम घिसिङ तामाङ (ए), कोषाध्यक्षमा जनु वम्जन तामाङलाई सर्वसम्वत चयन गरिएको छ ।
तेह्र सदस्यीय जिल्ला समितिका सदस्यहरुमा विशाल तितुङ तामाङ, सोनाम योन्जन तामाङ (वि), निगम तितुङ तामाङ, अमर तितुङ तामाङ, रेणुका स्याङ्गदान तामाङ, पशुपति घिसिङ तामाङ, लक्ष्मी मोक्तान तामाङ र सवीना मोक्तान तामाङ रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै धनपा–वडा नं.१ हिलेका वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि निरेन तितुङ तामाङले आवाज विहिनहरुको आवाजलाई आम जनमानसमा संचार गर्ने जिम्मेवारी पत्रकारहरुको हुने वताए । प्रमुख अतिथि तामाङले समाजमा पत्रकारहरुको महत्वपुर्ण जिम्मेवारी हुने वताउँदै नवनिर्वाचित तामाङ पत्रकारहरुलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे । उनले पत्रकारहरुलाई आवश्याक परेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मानवी मोक्तानले पत्रकारीता रहर गरेर मात्र नुहेन वताए ।

उनले पत्रकारिता गर्ने मान्छेले त्याग गर्न सक्नु पर्ने वताईन । साथै उनले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै सक्रिय भएर अघि वढ्न आग्रह गरिन ।
त्यसैगरी नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले पत्रकारहरुले सत्य, तत्थ्य र वस्तुनिष्ट समचार लेख्नु पर्नेमा जोड दिए । अर्का समाजसेवी एवं अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्रवहादुर तितुङ तामाङले कुलमान घिसिङ्गको पुनःवहालीको लागी देशव्यापी रुपमा आन्दोलन हुँदा पनि राज्यले नस्विकारेको आरोप लगाए ।

तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न तेश्रो जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा घेदुङका जिल्ला सदस्य जयन्द्र घिसिङ, युवा घेदुङका पुर्व केन्द्रिय सदस्य एवं हिले वजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ तामाङ, उत्तरपानी धर्मशाला वजार व्यवस्थापन समितिका अध्यक्ष गजम घिसिङ, उधोग वाणिज्य संघ धनकुटाका निवर्तमान उपाध्यक्ष रुपमान वम्जन तामाङ, किराँत पत्रकार संघ जिल्ला समिति धनकुटाका सचिव सर्मिला राई लगायतले नवनिर्वाचित समितिका पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

  • 29
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here