•  
  •  
  •  
  •  
  •  
  •  
  •  

आश्विन १६ धनकुटा ।धनकुटा नगर पालिका ६ पात्ले खोला स्थित कोशि लोकमार्गमा आज दिउसो वस दुर्घटना हुँदा एक जना घाईते भएकाछन् ।

तेह्रथुमबाट झापा गौरादह तर्फ जादै गरेको ना ६ ख १९७८ नं को बस अनियन्त्रित भई सडकमा पल्टिदा सुनसरी धरान ७ बस्ने बर्ष ४५ का सन्देश मोहन पालिखे सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । घाईते पालिखेको जिल्ला अस्पताल धनकुटामा उपचार गरिएको प्रहरीको भनाई छ ।

बसमा सवार ८ जना यात्रु मध्ये अन्य ७ जना सकुशल रहेको जनाइृएको छ । दुर्घटनापछि वसका चालक फरार रहेकोले खोजि भैरहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here