•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा फरार रहेका दुई जनालाई प्रहरीले १६ महिनापछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३० वर्षीय भीमराज लिम्बू र ३६ वर्षीय हडिन रोगु (लिम्बू) रहेका छन।
फरार रहेका हडिनलाई सुनसरीको धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको धनकुटाका प्रहरी उपरीक्षक गोविन्द
अधिकारीले जानकारी दिए।

भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालयबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि र राहदानी समेत लिएका थिए।

त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी तेस्रो प्रतिलिपि लिएका छन्‌। हडिनले नागरिकताको प्रतिलिपि तथा राहदानी र
भीमले पनि नागरिकता प्रतिलिपि लिइसकेपछि अनुसन्धान गर्ने क्रममा उनीहरुको कर्तुत खुलेको हो। विदेश जाने, लोकसेवा भिड्ने लगायतमा
उमेर हद हुने भएकाले उमेर कम देखाएर हडिनले नागरिकता किर्ते गरी दुरुपयोग गर्न नागरिकता किर्ते गरेको एसपी अधिकारीले बताए।

किर्ते गरेको पत्ता लागेर मुद्दा दर्ता भएपछि फरार रहेका हडिन धरानमा आफ्नो परिचय ढाँटेर बस्दै आएको थाहा पाएर पक्राउ गरिएको
प्रहरीले जनाएको छ।

नागरिकता र राहदानी किर्ते गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले २०७६ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा
जाहेरी दिएको थियो।

जाहेरी परेको १६ महिनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नागरिकता तथा राहदानी किर्ते मुद्दाका उनीहरुलाई
जिल्ला अदालतमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here