• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

धनकुटा ,
धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार  सहित विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विधुत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । त्यस्तै गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ ।
रमाइलो कक्षा संचालनको लागि सो वडामा संचालनमा रहेका केजी र बाल कक्षाहरुमा १२ थान एलइडी टिभी जडान गरिएको छ भने कक्षा–६ देखि १२ सम्म अध्यायनरत छात्राहरुको लागि दुई हजार ८ सय पिस स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन । सो अभियान गाउँपालिकाका सबै वडामा संचालन गरिनेछ । चौबिसे गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here