• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

दुवै मृगौला फेल भएर थलिएकी गोमादेवि श्रेष्ठलाईआर्थिक सहयोग
धनकुटा ,
दुवै मृगौला फेल भएर थलिएकी गोमादेवि श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। धनकुटा नगरपालिका ७ घर भएकी ४२ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो। उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थिए। सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको भएपनि हाल आर्थिक अभाव भएकाले रकम हस्तान्तरण गरिएको हो।

सहयोग रकम धनकुटा बजार व्यवसायी जयन्द्र प्रधानले हस्तान्तरण गरेका हुन। सो रकम उनै प्रधानको अगुवाइमा संकलन गरिएको थियो। रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर श्रेष्ठ, व्यवसायी देवेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here