• 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

धनकुटा ।
आफुलाई वलत्कार गर्न खोज्ने पुरुषलाई धनकुटाकी एक महिलाले खुकुरी प्रहार गर्दा वलत्कार गर्न खोज्ने पुरुषको मृत्यू भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका १ कि ३० वर्षकी कमला गुरुङ्ले आफुलाई वलत्कार गर्न आएका सोही स्थानका लिल वहादुर गुरुङ्लाई प्रतिकार स्वरुप खुकुरी प्रहार गर्दा उनको मृत्यू भएको हो ।

लिल वहादुरले वलत्कार गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खुकुरी प्रहार गर्दा लिल वहादुरको मृत्यू भएको देखिएको प्रहरीले जनाएको छ । झण्डै डेड वर्ष अघि श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएपछि आफ्नो ११ वर्षका छोरा सँग घरमा वस्दै आएकी ती महिला माथि मंगलवार राती वलत्कारको प्रयास भएको थियो । रातको समयमा लिलवहादुरले कमलाको घरमा गई ढोका खोल्न भनेको तर भित्रबाट ढोका नखोले पछि जवर्जस्ति ठेलेर ढोका खोलि आफुलाई वलत्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई वयान दिएकी जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । सोहि क्रममा खुकुरी भेटेर हानेपछि लिलवहादुर भागेका ती महिलाले वताएकी छिन ।

लिल वहादुर भागेपछि ती महिला पनि आफन्तकोमा गएर वसेको र रातीको घटनपछि के भएछ भनेर वुधार विहान आफन्त सँग खोजी गर्दा लिलवहादुरको शव खोल्सिान फेला परेको जनाईएको छ । मृत शव जिल्ला पोष्मार्टमका लागि अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी अधिकारीले वताउनुभयो। उहाँका अनुसार घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।

  • 57
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here