•  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर

युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आर,एन,ए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका समाग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनवहादुुर चन्दले हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको वताउनुभयो ।  कोभिड अस्पतालमा थप वेड विस्तार सहित  १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उहाले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले महानगरपालिकाले निजि स्तरको सहयोगमा  अक्सिजन सहित  एकसय वेडको अस्पताल संचालनको तयारी गरिरहेको बताउनुभयो । युएनडीपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले वताउनुुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here